• फागुन २५, पथरी ।
    मोरङ्गको पथरी शनिश्चरेमा नेपालमा सहकारीका प्रणेता मनिने बखानसिंह गुरुङको अर्धकदको सालिक र सहकारी पुस्तकालय (तालिम हलको शिलान्यास भएको छ ।
    सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे ईलाका समितिको संयोजनमा सो सालिकको शिलान्यास नगर प्रमुख दिलिप कुमार राईले गर्नु भएको हो ।
    करिव २८ लाख रुपैयाँ अनुमानित खर्चमा सो भौतिक संरचना र सालिक निर्माणको काम सम्पन्न गरिने कर्मचारी संगठनका अध्यक्ष गणेश राईले बताउनु भयो ।
    पथरीमा बन्न लागेको स्वः बखानसिंह गुरुङको सालिक सम्भवत नेपालमै पहिलो हुने संगठनको दावी समेत रहेको छ । सो सालिक पथरी शनिश्चरे नगरपालिका, वडा नं. १ मा रहेको मनकामना सामूदायिक वन उपभोक्ता समूहको कार्यालय आसपासमा निर्माण हुदैछ ।
    पथरी शनिश्चरे नगरपालिका, विभिन्न सहकारी संस्थाहरु, छाता संघ,बैङ्क, वडा कार्यालयहरु, स्थानीय बैङ्क, छिमेकी पालिकाहरु लगायतको आर्थिक सहयोगमा सालिक र हल सहितको भौतिक संरचनाको शिलान्यास भएको हो ।


    साथै जिल्ला सहकारी संघ मोरङले यस बर्षको सहकारी दिवस पथरी शनिश्चरे नगरपालिकामा नै मनाउने निर्णय गरिसकेको र सो दिवसका दिन उक्त सालिकको अनावरण गर्ने योजना मुताविक निर्माण कार्य अघि बढाइएको कर्मचारी संगठनले जानकारी गराएको छ । राष्ट्रिय सहकारी दिवस प्रत्येक बर्षको चैत्र २० गते मनाउने गरिन्छ ।
    सहकारी कर्मचारी संगठने निर्माण गर्न लागेको सालिकले पथरी शनिश्चरे नगरपालिकालाई सहकारीकर्मीहरुको अनिवार्य गन्तव्यको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न सकिने, देश तथा विदेशमा पथरी शनिश्चरे नगरपालिकाको नाम प्रचार हुने र दिर्घकालिन रुपमा सहकारीमय पर्यटन हवको रुपमा विकसित भएर जाने विश्वास कर्मचारी संगठनले लिएको छ ।
    सालिक निर्माणसँगै एक सहकारी पुस्तकालय, बस्नको लागि चौतारो र शान्त वातावरणमा बैठक, तालिम, गोष्ठी, सेमिनार आदि सञ्चालनको लागि एक तालिम हलको निर्माण गर्ने योजना संगठनको रहेको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …