• काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसले पाँच लाख क्रियाशील सदस्यहरूलाई पार्टीको सांगठिनक विकास र सुदृढीकरणको विषयमा तालिम दिने भएको छ ।

    केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले चैत मसान्तभित्र देशभरिका सबै क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिने भएको हो ।

    पार्टीको विधान र नियमावली अनुसार, जिल्ला उपसभापति जिल्लास्तरीय प्रशिक्षण प्रतिष्ठानको संयोजक रहने व्यवस्था छ ।

    प्रतिष्ठानले बुधबार सबै जिल्ला उपसभापतिहरूसंग पार्टी मुख्यालय सानेपामा संगठन, क्रियाशील सदस्यता वितरणको प्रक्रिया लगायतका विषयमा छलफल गरेको छ । त्यसमा नेता रामचन्द्र पौडेल समूह भने सहभागि भएन ।

    प्रतिष्ठानका प्रमुखसँगको छलफलपछि जिल्लास्तरीय प्रशिक्षण प्रतिष्ठान प्रमुखसमेत रहेका जिल्ला उपसभापतिहरूले आगामी चैत १५ गते ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा १० हजार क्रियाशील सदस्यहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिने कार्यक्रम तय गरिएको कांग्रेसले जनाएको छ ।

    प्रत्येक जिल्लामा त्यसमा पनि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको हकमा दुई प्रदेश सभा र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र गरी २ सय स्थानमा प्रतिनिर्वाचन क्षेत्र ५० जनाका दरले १० हजार जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिइनेछ ।

    ती १० हजार प्रशिक्षकले चैत मसान्तभित्रै सबै जिल्ला र स्थानीय तहमा करीव ५ लाखको हाराहारीको संख्यामा रहेका सम्पूर्ण क्रियाशील सदस्यलाई प्रशिक्षण दिनेछन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…