• अनमोलको यस्तो प्रस्टीकरण



    काठमाडौं । नेपाली चलचित्रका अभिनेता अनमोल केसीले आफूविरुद्ध लगाइएको ठगीको आरोपबारे बोलेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूविरुद्ध लगाइएको ५ लाख रुपैयाँको ठगीको आरोपमा प्रस्टीकरण दिँदै सञ्चारमाध्यमबाट यस्तो खबर सुन्दा आफू स्तब्ध भएको बताएका छन् ।

     

    उनले चलचित्र ‘धुपौरो’ को कथा पढेर साइन गर्दा अग्रिम भुक्तानी (एड्भान्स) ५ लाख रुपैयाँ लिएको स्वीकारेका छन् । तर, पछि चलचित्रको पूरा कथा पहिले पढिएको भन्दा फरक भएपछि स्क्रिप्टमा काम गरौंभन्दा नमानेको र पैसा फिर्ता लैजान भन्दा पनि निर्माणपक्षले नलिएको अनमोलले फेसबुकमा उल्लेख गरेका छन् ।

    अनमोलले ‘धुपौरो’ निर्माण टिमले जुन समयमा पनि एड्भान्सका रूपमा दिएको ५ लाख रुपैयाँ फिर्ता लिन आए दिन तयार रहेको जनाएका छन् । उनलाई चलचित्र ‘धुपौरे’को निर्माण पक्षले ५ लाख रुपैयाँ लिएको भन्दै केही दिनअघि प्रहरीसामु उजुरी दर्ता गराउन पुगेको थियो ।

    यद्यपि ठाडो निवेदन आएको भन्दै अदालत जान सुझाउँदै उजुरी दर्ता नगरिएको महानगरीय प्रहरी परिसर टेकु एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । चलचित्र ‘धुपौरे’मा साइन गरे पनि छायांकनमा नआएको भन्दै निर्माण पक्ष निवेदन लिएर आएको एसएसपी सुवेदीले बाह्रखरीलाई जनाए ।

    अहिले अनमोल चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनका लागि काठमाडौंबाहिर छन् ।

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…