• काठमाडौं ।

    कोरना भाइरस (कोभिड–१९) को त्रासले नेपाली अर्थतन्त्र संकटमा पर्ने देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अहिलेसम्म कोरोनामुक्त भएको बताएपनि दुई ठूला छिमेकी मुलुक भारत र चीन सँग नेपालको अर्थतन्त्र निर्भर रहेको र ती मुलुकहरूमा कोरोना महामारी फैलिदा त्यसको असर नेपाली अर्थतन्त्रमा देखिएको हो । कोरोनाको त्रास लामो समयसम्म रहे नेपालको अर्थतन्त्र थेग्नै नसक्नेगरीथला पर्ने विश्लेषकहरू बताउँछन् । उनीहरूका अनुसार कोरोनाकै कारण विगत तीन वर्षदेखि ६ प्रतिशत माथि रहेको आर्थिक वृद्धिखुम्चिने, पुँजीगत खर्च झन कमजोर हुने तथा राजस्व असुलीमा समेत गम्भीर धक्का लाग्ने देखिएको छ ।

    नेपाली अर्थतन्त्र दुई छिमेकी मुलुक चीन र भारतमा निर्भर रहेको र ती देशमा कोरोनाको सन्त्रास फैलिँदा त्यसको असर नेपाली अर्थतन्त्रमा देखिन सुरु भइसकेको पूर्वप्रशासक डा.शान्तराज सुवेदीको भनाइ छ । उनले एडीबी आईएमएफजस्ता दातृ निकायले अनुमान गरेको र नेपालले पनि अध्ययन सुरु गरिसकेकोले अहिले यत्तिनै भन्न नसकिने बताए । हालसम्म विश्वभर १ लाख १ हजार ९५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजार १ सय २३ जना उपचारपछि घर फर्किएका छन् भने ३ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ६५ जना अझै पनि संक्रमित रहेको र उनीहरूमध्ये ३५ हजार ९ सय ६४ जना सामान्य अवस्थामा रहेका र ६ हजार ४ सय १ जनाको अवस्था गम्भिर रहेको बताईएको छ । अहिलेसम्म ९७ देशसहित जापानको योकोहामा रहेको डायमण्ड प्रिन्सेस क्रुजमा कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ ।

    “कोरोनाको त्रासले नेपालको औद्योगिक क्षेत्र, सेवा पर्यटन लगायतका क्षेत्रमा असर पर्न थालेको छ,”डा.सुवेदीले भने,“यसबाट अर्थतन्त्र मात्रै नभएर यसको असर सामाजिक, मनोवैज्ञानिक हुँदै साथै स्वास्थ्य, शिक्षा रोजगारीको क्षेत्रमा पनि सुरु भइसकेको छ ।”पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने मजदुरहरूचिनियाँ नागरिक भएको र आयोजनकालागि चाहिने सबैजसो कच्चा पदार्थहरू चीन भारतलगायत तेस्रो मुलुकबाट आयात गरिने भएकोले पनि त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा परेको छ ।जसका कारण निर्माणाधिन आयोजनाहरू लम्बिने र उपभोग्य बस्तुको आयातमा समस्या बढदा कालाबजारी फस्टाउने र रोजगारी गुम्दा गरिबी बढ्न सक्ने संकेत देखिएको छ ।

    “५० प्रतिशत छुट दिँदापनि हाम्रा होटलको बुकिङहरू धमाधम रद्द हुन थालेका छन्, पर्यटन पूर्वाधारमा ठूलो समस्या देखिन थालेको छ,”सुवेदीले भने,“मानसिक र सामाजक मनोवैज्ञानिक त्रास बढेको छ, यसले हाम्रो अर्थतन्त्र संकुचन हुने खतरामा परेको छ ।”अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशतले खुम्चिने देखिएको छ । आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले कोरोना भाइरसकै कारण विश्व अर्थतन्त्रको वृद्धिदर २.९ प्रतिशतबाट २.४ प्रतिशतमा खुम्चिने बताएकी छन् ।

    नेपालले यस बर्ष ८.५ प्रतिशतको लक्ष्य हासिल गर्ने बताएपनि आईमएफले दक्षिण एसियाली मुलुकको उत्पादनमा आएको कमी र भारतीय अर्थतन्त्रमा आएको मन्दीले सन २०२० मा नेपालले ६.४ प्रतिशतको लक्ष्य हासिल हुने बताएको थियो ।यसैलाई आधार मान्ने हो भने पनि यस बर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा कम हुने देखिएको छ । केही समयअघि विश्व बैंक एडिबीले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै नेपालले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बताइसकेका छन् ।

    सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पनि कोरोनाले अर्थतन्त्रमा थप चुनौती पैदा भएको बताए । उनले त्रास कम गर्न र बजारमा कालबजारी र कृत्रिम अभाव हुन नदिन सरकारले पहल कदमी सुरु गरिसकेको बताए । कोरोना भाइरस संसारभर फैलिए पनि एडीबीद्वारा सार्वजनिक गरिएको ‘द इकोनोमिक इम्प्याक्ट अफ द कोभिड–१९ आउटब्रेक अन डेभलपिङ एसिया’ प्रतिवेदन सार्वजनिक गर्दै नोभेल कोरोना भाइरसको प्रकोपले विकासशील एसियाली अर्थतन्त्रलाई उल्लेख्य रूपमा प्रभावित पार्ने बताएको छ ।

    आन्तरिक आपूर्तिमा कमी, पर्यटन प्रबद्र्धन, व्यावसायिक क्षेत्रमा संकुचन र व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा देखिएको प्रभावले विश्व अर्थतन्त्रमा ३ खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आकलन गरिएको छ । यस्तो क्षति विश्व अर्थततन्त्रको आकारको ०.४ प्रतिशत हो । नोभेल कोरोना भाइरसको प्रकोप सुरु भएपछि सन २०२० को जनवरी अन्त्यतिरबाट विश्वका अधिकांश मुलुकले यात्रामा प्रतिबन्ध लगाउने र सचेत रहन आफ्ना नागरिकलाई आग्रह गर्न थालेका छन् ।

    नेपाललेपनि कोरोना भाइरसको प्रकोपका कारण नेपाल भ्रमण वर्ष २०२०, सगरमाथा संवाद, २०२० लगायतका महत्वपूर्ण कार्यक्रम स्थगित गरेको छ । “कोरोनाको त्रासमा मानिस, मनी र मेसिनमा देखा परेको छ,”अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी भन्छन्,“यो मनोबैज्ञानिक रूपमा फैलिएकोले लामो सम्म रहयो भने यसले नेपालको अर्थतन्त्रलाई मात्रै नभएर विश्वको अर्थतन्त्रलाई सखाप पार्ने देखिन्छ ।” उनले कोरोनाकै कारण मूल्यवृद्धि उच्च हुने कालाबजारी फस्टाउने र गरिबी बढ्ने बताए । “उत्पादन, उपभोग, आपूर्तिसँगै यसको असर पर्यटन पूर्वाधारमा देखिन थालेको छ यसले हाम्रो अर्थतन्त्रमा संकुचन आउने खतरापनि त्यतिकै बढेको छ भने आर्थिक वृद्धि खुम्चिने अवस्थामा छ,” उनले भने । एडीबीका अनुसार जनवरीयता विश्वव्यापी क्षति १५६ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । यो विश्व अर्थतन्त्रको ०.२ प्रतिशत हो ।

    चीनले मात्र १०३ अर्ब अमेरिकी डलर अर्थात चीनको अर्थतन्त्रको ०.८ प्रतिशतको क्षति बेहोरेको अनुमान गरिएको छ।
    अधिकारीले चीनले अबको तीन महिनासम्म यही अवस्था झेल्नु परे हालको वृद्धिदरको ४२ प्रतिशत नोक्सानी हुने प्रतिवेदन सार्वजनिक भएको बताए । प्रतिवेदनले एसियाली मुलुकमा २२ अर्ब अमेरिकी डलरको क्षति पुगेको अनुमान गरिएको बताएको छ । एसियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासुयुकी सावदाले नोभेल कोरोना भाइरसको प्रकोपले विश्व अर्थतन्त्रमा पुग्ने क्षति अझै अनिश्चित रहेको भन्दै सबै देशका सरकारले अत्यावश्यक कदम चाल्नुपर्ने उल्लेख गरेका छन् ।
    एडीबीले नोभेल कोरोना भाइरसको प्रकोप नियन्त्रणमा सहयोग गर्न भन्दै चीनको बृहत्तर मेकोङ क्षेत्रमा २० लाख अमेरिकी डलरको सहायता घोषणा गरिसकेको छ । कारोबारबाट ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …