• ७ माघ, विराटनगर । प्रदेश १ मा संघीय लिम्बुवान पार्टीकी एक्ली प्रदेश सांसद बिष्णु तुम्बाहाम्फेले प्रदेश १ को नाम लिम्बुवान र राजधानी धरानको विजयपुर हुनुपर्ने बताएकी छिन् ।

    बिराटनगरको वीरेन्द्र सभागृहमा प्रदेश सभा सदस्यहरुको सपथ लिएर बाहिर आएकी तुम्बाहाम्फेले राजधानीका लागि बिराटनगर उपयुक्त नभएको बताइन् । ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान नाम र राजधानी बिजयपुरमा हुनुपर्ने उनले बताइन् ।

    २७ हजार हाराहारीको मतले प्रदेशसभाको समानुपातिक सदस्य बनेकी तुम्बाहाम्फेले आफूले प्रदेश सभाका सबै मञ्चमा लिम्बुवान स्थापनाका लागि आवाज उठाउने बताइन् ।

    आफ्नो पार्टीको बटमलाइन अरुण नदीपूर्वका ९ जिल्लालाई लिम्बुवान नामाकरण गर्नुपर्ने संघीय लिम्बुवान मञ्चकी उपाध्यक्ष समेत रहेकी तुम्बाहाम्फेले बताइन् ।

    ‘हाम्रो पार्टीको धारणा नै अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान राख्ने हो,  उनले भनिन्, ‘तर हामीले ९ जिल्लाको लिम्बुवान मागेको तर, सरकारले १४ जिल्ला दिएर ९ नम्बरको जुत्ता लाउनुपर्नेमा १४ नम्बरको लगाइदियो ।’हामीले ९ जिल्लाको लिम्बुवान मागेको तर, सरकारले १४ जिल्ला दिएर ९ नम्बरको जुत्ता लाउनुपर्नेमा १४ नम्बरको लगाइदियो-

    प्रदेश एकका १४ जिल्लामा अरुणपूर्वका ९ जिल्लामा लिम्बुवान र बाँकी खम्बु बाहुल्य जिल्लाहरु खम्बुवान बनाउन नै आफ्नो पार्टीले देशभरिमा ११ वटा प्रदेशहरुको माग गरेको पनि तुम्बाहाम्फेले बताइन् ।

    मोरङ क्षेत्र नम्बर ३ मा ०४८ साल र ०५१ सालमा गोरेबहादुर खापांगीको राष्ट्रिय जनमुक्ति पार्टीबाट सांसद भिडेकी तुम्बाहाम्फेले योपटक संघीयता आइपछि मात्रै सांसद बन्न पाएकी हुन् । सांसद भएकाले अब लिम्बुवान प्राप्तिमा आफ्नो भूमिका बलियो बनाउने उनले बताइन् ।

    प्रदेश १ का कुल ९३ सांसदमा एकजना मात्रै लिम्बुवान पार्टीको सांसद भए पनि आफ्नो एजेण्डा बलियो भएकाले लिम्बुवान प्राप्ति भएरै छाड्ने उनले जिकिर गरिन् ।

    अनलाईनखबरबाट

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…