• काठमाडौँ, २८ फागुन । भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको छ । घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्विकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको घरमा ब’म वि’स्फोट भएको थियो ।

    बाँस्कोटाको निर्माणाधीन घरको पूर्वतर्फको पर्खालमा राखिएको ब’म वि’स्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा पनि फुटेका छन् । वि’स्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ। साथै बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि वि’स्फोटबाट क्षति पुगेको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले ठिमी वृत्तका डीएसपी शान्तिराज कोइरालाले अहिले केही नबोल्ने बताए ।

     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…