काठमाडौं, २८ फागुन । ‘उद्रेको चोली छ है’ जस्ता चर्चित गीतकी गायिका इन्दिरा जोशीको पहिचान पछिल्लो समय नेपाल आइडलकी जजको रुपमा बढी परिचित छ । सुरिलो स्वरकी धनी उनी अहिले संगितकर्मभन्दा जजकर्मतिरै सक्रिय छिन् । लगातार ३ वटै सिजनमा आफुलाई जजको रुपमा प्रस्तुत गर्न सक्नु इन्दिराको एउटा ठुलो सफल्ता मान्न सकिन्छ ।
इन्दिरालाई हमेसा फेसन सेन्स भएको गायिकाको रुपमा पनि लिन सकिन्छ । लुक्सवाइज हेर्ने हो भने उनि गायिका भन्दा नायिका झैं लाग्छिन् । निकै फिट बडी स्ट्रक्चर र उत्तिकै फेसनेबल पहिरनले उनलाई नायिका भन्दा कम देखिदैन । त्यसैले त लाग्छ उनी फेसनप्रति निकै सचेत छिन् । आफ्नो शरीरलाई के म्याच गर्छ, के गर्दैन भन्नेमा उनी सचेत देखिन्छिन् ।
प्राय डार्क मेकअपमै देखिने उनले प्राय चहकिलो रङ्गको पोशाक छानेको देखिन्छ । ब्ल्याक, एल्लो, ब्लु कलर उनलाई म्याच गरेको देखिन्छ ।
यस वर्षको नेपाल आइडलको सो मा उनले लगाएको पहिरन तस्विरमा हेर्नुहोस्-