• चैत १, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिका ६ भातेगौडा चौकमा रहेको कुटो कोदालो सहकारी सस्थाले दुग्ध डेरीको स्थापना गरेको छ ।
    सस्थाले सहकारीको क्षेत्रलाई विस्तार गर्दै छिमेकी पालिका सुनवर्षी १ संगम चौकमा चौथो केन्द्रको रुपमा शनिवार सो दुग्ध संकलन केन्द्रको स्थापना गरेको हो ।


    यस अघि सस्थाले स्थानिय क्षेत्रमा उत्पादन हुने दुधलाई संकलन गरि वजार सम्म पु¥याउनका लागि भातेगौडा, सुगा वजार र हरीयाली सहकारीको क्षेत्रमा केन्द्रको स्थापना गरि संकलन कार्य थालिसकेको छ ।
    २०७३ सालमा भातेगौडामा स्थापना भएको यस सस्थाले कृषकहरुको जिवन स्तर उकास्न उल्लेख्य मात्रामा सहयोग गर्दै आएको छ । भने वडालाई दुध पकेड क्षेत्रको रुपमा विस्तार गर्दै लैजाने योजना रहेको बताईएको छ  ८ लाख रुपैयाको लागतमा सस्थाले चौथो केन्द्रका रुपमा स्थापना गरेको कार्यक्रमका संयोजक एलबी भण्डारीले बताए ।


    साथै भण्डारीले १० लिटर भन्दा बढी दुध दिने कृषक हरुलाई विमा गरिदिने पनि बताए ।
    ५ लिटर क्षमता भएको संकलन केन्द्रको उद्घाटन पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष जय वहादुर तामाङले गरेका थिए ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …