• पुष्कर खड्का रामेछाप
    रामेछाप – बिश्वब्यापी रुपमा फैलिदै गइरहेको नोबेल कोरोना भाइरसले महामारीको रुप लिदै आइरहेको बेला नोबेल कोरोना भाइरस बाट बच्नको लागि लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर ७ तिल्पुङ कटहरेमा रहेको नवदर्सन माबिमा वडा कार्यलको सहयोगमा र नेपाल कम्युनिस्ट पाटिको पहलमा १० संयौको क्वारेन्टाईन तयार

    गरेको वडा नम्बर ७ का वडा अध्यक्ष सुबास बोहराले जानकारी दिनु भएको छ भने वडा भित्र रहेका मुख्य बजार क्षेत्रमा र गाउँ गाउँमा साबुनपानिले हात धुने सुचना सहित साबुन बोकेर घर घरमा जाने ब्यबस्था गरेको वडा अध्यक्ष सुबास बोहोरा बताउनु भयो । साथै त्यस्तो कुनै आपत्ति आइहाले २४ सै घण्टा एम्बुलेन्स सेवा पनि तयारी रहेको अध्यक्ष बोहोराले लिखु अनलाइन खबरलाई जानकारी दिनु भयो । सरकारले गरेको लकडाउनको पुर्ण रुपमा पालना गर्न पनि सबैमा आग्रह गर्नु भयो । अति आबश्यक बाहेक घरबाट ननिस्कन तथा नोबेल कोरोना भाइरस

    सँग मिल्दा जुल्दा समस्या आएमा वडा कार्यलयमा सम्पर्क गर्न पनि उहाले सबैसँग आग्रह गर्नुभयो । त्यस्तै विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आ–आफ्नै घरमा बस्न आह्वान गर्नुभएको हो । अध्यक्ष बोहराले बिशेष गरि लिखु तामाकोसी गाउँपालिकाका सम्पूर्ण वडा बासिका सबै नागरिकलाई सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन एवम् आचारसंहिता पालना गरेर घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आग्रह गर्नुभयो । सरकारद्वारा कोरोनाको संक्र्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’का अवधिमा घरमै बसेर सहयोग गर्न अध्यक्ष बोहराले आग्रह गर्नुभयो ।अध्यक्ष बोहराले भन्नु

    हुन्छ विश्वभरि छरिएर रहेका नेपालीहरु नेपाल फर्कनु भएको छ । सहर बजारबाट मानिसहरु गाउँघरमा फर्कनु भएको छ । सँधै सुनसान रहने गाउँघर अहिले भरिभराउ भएका छन् । लामो समय सहरमा बसोवास गर्ने पनि हाल गाउँमा सुरक्षित हुन्छ भनेर गाउँ फर्कनु भएको छ । सँगसँगै भाइरसको जोखिम पनि बढेको छ। त्यस्तै बिभिन्न देश,बिदेश बाट ठूलो सँख्यामा रामेछाप जिल्लामा मानिसहरु प्रवेस गर्नुभएको छ तपाईं हरु को स्वास्थ्य अवस्था के छ,कस्तो छ कहाँ, कसरी,कुन अबस्थामा बसिरहनु भएको छ स्थानीय स्वास्थ्य संस्थामा चेक जाँच गरि आफु – आफ्नो परिवार र समाजलाई कोरोन भाईरस बाट बचाउन सबैमा अनुरोध अध्यक्ष बोहराले गर्नु भएको छ । त्यस्तै अावश्यक परे सम्पुर्ण पार्टीका

    सम्पुर्ण कार्य कर्ता परिचालन गरिने पर्टी अध्यक्ष श्याम नारायान श्रेष्ठ्ले बताउनु भयो ।
    तस्बिर





सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…