पुष्कर खड्का
रामेछाप – रामेछापका जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनमा बस्नेको संख्या ५४ पुगेको छ। विभिन्न स्थानबाट रामेछाप जिल्ला भित्रिएका ५४ जनालाई जिल्लामा विभिन्न स्थानमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ ।
छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । शनिबारसम्म गोकुलगंगा गाउँपालिकामा ७ जना,दोरम्बा गाउँपालिकामा १०जना,मन्थली नगरपालिकामा ६ जना,रामेछाप नगरपालिकामा १७ जना,खाँडादेवी गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो ।