• पुष्कर खड्का
    रामेछाप – विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको घोषणा गरेको छ । तर भक्तपुर बाट प्रशासनको अनुमति लिएर रामेछाप जिल्लाका विभिन्न ठाउँहरुमा रातीको समयमा सवारी साधन भित्रने गरेका छन् ।


    रामेछाप जिल्लाको खांडादेवी गाउँपालिका –१ राकाथुममा आज बिहान साढे चार बजेतिर भएको जिप दुर्घटनामा हुद ३३ जना घाइते भएका छन् ।



    केहीको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौंबाट रामेछापको टोकरपुर जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जिप खाँडादेवी गाउँपालिका १ माझीगाउँस्थित सडकबाट करिब १ सय ५० मिटर तल खसेको हो ।



    दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा परेका २७ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले बताएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालकसहित ३ जनाको स्थानीय लुभुघाटमा उपचार भइरहेको छ । प्रहरीले चालक नियन्त्रणमा लिएको छ।थप विवरण अाउन बाकी

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…