पुष्कर खड्का
रामेछाप – विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (COVID-19) संक्रमण रोकथाम तथा नियन्त्रणकाल लागि लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा माक्स साबु वितरण गरेका छन । जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ ले वडा वासीलाई कोरोनाबाट जोगाउन माक्स र साबुन वितरण गरेको हो ।
लिखु तामाकोसी गाउँपालिका वडा नं ७ ले तिल्पुङका करिब १३ सय घर धुरिका करिब ४३ सय जनतालाई १५ सय वटा हात धुने साबुन र ५ हजार थान मास्क वितरण गरिएको छ । घरघरमा नै पुगेर मास्क र साबुन वितरण गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष सुबास बोहराले रातोकलम डट कम लाई जानकारी दिनु भयो ।
अहिले बिश्व भरि फैलिरहेको कोरोना भाइसरका कारन बिभिन्न देशमा जन्त्रास फैलियसगै ज्यान गुमाउनेको सङ्ख्या हजारौ पुगेको छ।यसै बिच अहिले हाम्रो देश नेपालमा पनि यो भाइसको केहि मानिसमा संक्रमन देखियको छ ।
वडाले यहि अबश्थामा अाज लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ७ मा अाज बिहान बिभिन्न ठाउँमा पुगेर कोरोना भाईरसबाट बच्न साबुन पानीले मिचिमिची हातधुने,क्वारेन्टाइनमा बस्ने लगायतको विषयमा सचेतना समेत दिएको र माक्स तथा साबुन अध्यक्षले स्वास्थ्य सस्थामा पनि सितैमा वितरण गरेको थियो । तथा सचेतना अभियानमा जनप्रतिनिधि,कार्यकर्ता र गाउँका बुद्धिजीवी,भर्द्रभलाजिम लगायतको टोली माक्स वितरण कार्यक्रममा उस्थिति रहेको थियो ।