• काठमाडौं । संविधानको दोस्रो संशोधन विधेयक सोमबार संसदमा निर्णयार्थ पेस हुने भएको छ । संविधानप्रति असन्तुष्ट रहेका मधेस केन्द्रीत दलको माग सम्बोधन गर्न भन्दै सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, नागरिकता, भाषा र प्रदेश सीमांकन आयोगको क्षेत्राधिकार सहितका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाएको हो ।

    विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरूले आइतबार दोस्रो दिन दफावार छलफलमा भाग लिएका थिए । संशोधनकर्ताहरुले आफ्नो धारणा राखिसकेपछि आजै दिउँसो १ बजे बस्ने संसद बैठकमा विधेयक निर्णयार्थ पेस गर्ने संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

    यद्यपि विधेयकमाथिको दफावार छलफल नै बाँकी रहेकाले त्यसमाथि परेका ५० वटा संशोधनलाई क्रमैसँग निर्णयार्थ पेस गर्न समय लाग्ने देखिएको छ । विधेयकका पक्षमा सदनमा कायम रहेको कुलसदस्य संख्या ५ सय ९२ को दुई तिहाइ ३ सय ९५ मत नपरेको अवस्थामा विपक्षमा जति मत परेपनि संविधान संशोधन प्रस्ताव अस्वीकृत हुने व्यवस्था छ ।

    आजको संसदको सम्भावित कार्यसूची
    १. ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३’ माथिको दफावार छलफल जारी रहने ।

    २. ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

    ३. मा. कानुन,न्याय तथा संसदीय मामिला मन्त्री श्री यज्ञबहादुर थापाले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७४ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

सम्वन्धित समाचार

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…

मोरङ । मनकामना सामुदायिक वनको चर्चा अमेरिकामा समेत हुने गरेको मोरङ पथरीशनिश्चरे नगरपालिका—१ नं.…

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…