• काठमाडौं,  । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको बैठकले आजको सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ ।
    सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले कोरोना भाइरसको परीक्षणको दायरा तत्काल व्यापकरूपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ ।
    प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रिय सभाका प्रतिपक्षी नेतासमेत सहभागी बैठकले विद्यमान समग्र परिस्थितिको समीक्षा गर्दै सो निर्णय गरेको कांग्रेसले जानकारी दिएको छ ।

     

    बैठकपछि सार्वजनिक गरिएको १३ बुँदे निर्णयमा स्वास्थ्यकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको सङ्घर्षमा सफलता मिल्ने विश्वास साथ बैठकले देशभरिका स्वास्थ्यकर्र्मीप्रति उच्च सम्मान प्रकट गरेको छ ।
    साथै बैठकले पीपिई, परीक्षण कीट र भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न सरकारलाई अपिल गरेको छ ।
    बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवम् निरन्तर सुसूचित गरिरहेका सञ्चारकर्मीलाई सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ ।

     

    प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, लक डाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपाली दिदीबहिनी दाजुभाईमा हार्दिक अपिल गरेको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्ने कार्यमा संलग्नलाई पदमुक्त गर्न र अनिवार्य छानबिन गर्न पनि आग्रह गरेको छ ।
    देश बाहिर रहेकालाई देश भित्रिन दिने व्यवस्था मिलाउन बैठकले सरकारसमक्ष माग गर्दै कांग्रेसले ज्यालादारी श्रमिकहरू, बेरोजगार र शहरी क्षेत्रमा डेरा गरिबसेका विद्यार्थीका लागि पनि तत्काल राहत घोषणा गर्न बैठकले माग गरेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…