• काठमाडौँ, २६ चैत । नेपाली बजारमा साताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहति प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीका कारण विदेशी मुद्राको विनिमयदरमा भारी उतारचढाई आईरहेको राष्ट्र बैँकले जनाएको छ ।

    नेपाल राष्ट्र बैँकले तोकेको आजको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ ३१ पैसा रहेको छ ।

    त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ४३ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ १७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३ पैसा रहेको छ ।

    साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैँकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …