• अर्जुन जम्नेली राई- By:Ratokalm

    मोरङ । माघ ७ गते मोरङ विराटनगरको बीरेन्द्र सभागृह्यमा दौरा सुरुवाल, कोट र कालो टोपीमा ठाँटिएका व्यक्तिहरुसँगै पूर्ब जनमुक्ति सेना (लडाकु)का कमाण्डर मोरङ मिक्लाजुङ्गका कुलबहादुर लिम्बू(कुशल) पनि उस्तै पोशाकमा थिए ।
    युद्धको भाषामा दुश्मनको किल्ला कब्जा गर्ने, लडाकु तालिम र योजना सफल बनाउन रातदिन लागिरहने राजनीतिक कोर्ष परिवर्तनसँगै कुशलको भूमिकामा हेरफेर नहुने कुरै भएन ।

    सफत ग्रहण सकिएलगतै आयोजित ‘चिया रोटी’ ग्रहण कार्यक्रममा झुण्ड झुण्डमा भावि मुख्यमन्त्री, मन्त्रीहरु बन्ने बनाउने प्रसंग आयो । पत्रकार मित्रहरुले प्रदेश प्रमुख डा.गोबिन्द लिम्बू र सम्भावित १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई घेरा हालेर प्रदेशको भावि दिनहरुको बारेमा सोधिरहेका थिए ।

    मुख्य मन्त्रीका दावेदार माओवादी केन्द्रका मौसम लिम्बू र एमाले सचिव भीम आचार्यको भावि भूमिका बारे जिज्ञासा राख्नेहरु पनि कम थिएनन् ।

    यही क्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य र मोरङ जिल्ला ईन्चार्ज समेत रहेका कुलबहादुर लिम्बू (कुशल)लाई खुसुक्क सोधियो, प्रदेश सरकारमा तपाईको के छ इच्छा ? । उनले सांकेतिक भाषा प्रयोग गर्दै भने ‘फुली थप्ने इच्छा कस्लाई हुदैन र ?’ पार्टीले भूमिका दिए प्रदेश सरकारमा रहेर काम गर्ने उनको भनाई थियो । दियो भने खाइदिन्छु । तर, आवश्यकता भन्दा बढी कसरत भने नगरिने उनको जवाफ थियो ।
    पश्चिम नेपालबाट माओवादी आन्दोलन सूदुरपूर्व आइपुग्नै लाग्दा कुलबहादुर लिम्बू जनजाति आन्दोलनमा आवद्ध थिए । २१ वर्षे मस्त जवान हुदा लिम्बू माओवादी आन्दोलनमा होमिएका थिए ।

    २०३५ माघमा बिर्खबहादुर लिम्बू र मनमाया फत्र लिम्बूबाट मोरङ टाँडीमा जन्मिएका कुलबहादुर लिम्बू(कुशल)सँग हल्का राजनीतिक कुराकानी पनि भयो । १३ बर्षको कलिलो उमेरमा कुमार लिङ्देन(हाल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय अध्यक्ष)हरुसँग जनजाति आन्दोलनमासँगै लागेका रहेछन् । २०४८ देखि ०५६ सम्म जनजातिसँग सम्बन्धीत विभिन्न भेला, बैठक, प्रशिक्षण र कार्यक्रमहरु सहभागि भएर राजनीतिक चेतना जगाउदै गएका रहेछन् लिम्बूले ।

    टाँडीको मुख्य बजार मधुमल्ला झर्दा ‘जनादेश’, ‘जनआवाज’ जस्ता पत्रिकाहरु पढ्ने क्रममा माओवादी आन्दोलनले कुलबहादुर लिम्बूलाई विस्तारै तान्न थाल्यो । यसैक्रममा २०५६ को वीचतिर दीप राईसँग सम्पर्क भएपछि सोही बर्षदेखि माओवादी आन्दोलनमा उनी जोडिए । लिम्बूले सोही बर्ष माओवादी सम्बद्ध आदिवासी मोर्चाको टाँगी गाविस अध्यक्षको जिम्मा पाए । भूमिगतहुदा लिम्बूको नाम फेरियो र कुशलको नामले चिनिए । ‘त्यसपछि त पार्टीले जहाँ पठायो, त्यही इमान्दार सिपाईको रुपमा खट्न थाले ।’ लिम्बू भन्छन ‘कहिले जनमुक्ति सेनाको कमाण्डर त कहिले राजनीतिक मोर्चाको कमिसार भएर खटेँ ।’

    २०५७ तिर टाँडीमै एरिया कमिटि सदस्य (एसीएम), ०५८ भित्रमा एरिया सेक्रेटरी र टाँडी जनसरकार उपप्रमुखको जिम्मा पुरा गरे । पार्टीले कहिले सेनामा त कहिले राजनीतिक मोर्चामा पठाउने भएकोले यही समयमा जनमुक्ति सेना तालिम लिनु परिहाल्यो ।
    २०५७ को अन्त्यतिर वाईसीएलहुदै जनमुक्ति सेनाले टाँडीको मिलनमा आयोजना गरेको हप्तादिने तालिममा कुशलपनि सहभागि भए । ५०÷६० जनाको समूह रहेको तालिमपछि उनलाई सेक्सन कमाण्डरको जिम्मा दिइयो । पार्टीको आयोजनामा उदयपुरको ताप्लेमा १२ दिनको सैनिक तालिम लिएका कुशल क्ता कमाण्डर, कम्पनि कमाण्डर, कम्पनि कमिसारदेखि द्यल ब्रिगेड ख्अ सम्म भएर काम गरेको अनुभाव सुनाए । पहिलो तालिम लिनु अघि टाँडीकै यमबहादुर गजमेर(एटम)बाट भरुवा बन्दुक चलाउन सिकेका कुशल, शान्तिप्रकृया सुरुहुँदासम्म जनमुक्ति सेनाको द्यल खअ थिए ।



    २०५९ मा इलामको बन्दुकेबाट सैनिक एक्सन(आक्रण र प्रत्याक्रमन)को अनुभव लिएका कुशलले कुशलता पूर्वक सैन्य मोर्चाको जिम्मेवारी सम्हाले । २०६० मा मोरङको रमितेमा भएको तीन दिने भिडन्त, ६१ मा मोरङ पथरीकानेपोखरी एम्बुस काण्ड, सिन्धुलीको बन्दीपुर, धनकुटा र इलाम सदरमुकाम एक्सन, झापा सुरुङ्गाको कमाण्डो एक्सन, भोजपुरको घोडेटार लगायत दर्जनौ सैनिक कारबाहीको अनुभाव छ ।
    युद्धको बेला समयमा खान नपाइने, सुत्न समस्याहुने, रातभर हिड्नुपर्ने हुन्थ्यो । अल्लारे जवानमा युद्धाबाटै नेपालीहरुको भाग्य र भविश्य बनाउने चाहनाको साथ जस्तोसुकै दुःख, कष्ट भोग्नुपरेपनि पछि नहटेको व्यक्तिहुन उनी ।

    शान्ति प्रकृया शुरुभएसँगै राजनीतिकमा दख्खल राख्नेहरुलाई पार्टीले जनमुक्ति सेनाबाट झिकेर राजनीतिक मोर्चामा पठायो । पार्टीकै योजनामा उनी नयाँ संरचना अनुसार योङ्ग कम्युनिष्ट लिग(वाई.सी.एल.)मोरङको संस्थापक अध्यक्ष बने ।

    ‘त्यो बेला व्यक्तिका इच्छा सहायक कुरा हुन्थे ।’ कुशल भन्छन ‘आवश्यकता अनुसार पार्टी मोरङ जिल्ला सदस्यदेखि सेक्रेटरीसम्म बनायो ।’ दोस्रो संविधानसभाको निर्वाचन अघि पार्टी विभाजनहुदा कुशल मोहोन बैद्यले नेतृत्व गरेको नेकपा—माओवादीको मोरङ जिल्ला ईन्चार्ज, वैकल्पिक केन्द्रीय सदस्य, पूर्ण केन्द्रीय सदस्य भएर पार्टी सञ्चालनको अनुभाव लिए । रामबहादुर थापा(बादल)को नेतृत्वमा प्रचण्ड अध्यक्ष रहेको तत्कालीन एमाओवादीवीच एकतापछि बनेको नेकपा (माओवादी केन्द्र)को मोरङ जिल्ला इन्चार्ज र पोलिटब्युरो सदस्य रहेका छन । प्रदेशभास सदस्यको निर्वाचित भएपछि उनको परिचय थपिएको छ ।



    सेना र राजनीतिक मोर्चा दुवैको अनुभाव भएका कुशललाई प्रस्न गरियो । सेना कि राजनीतिक मोर्चामा काम गर्न सहज ? उत्तर आउछ, ‘सेना’ । सेनामा चेन अफ कमाण्ड लागु हुन्छ । माथिल्लो आदेश हुबहु लागू गर्नुपर्ने हुन्छ । सेनाको तुलनामा राजनीतिक मोर्चा पुरा अराजक जस्तो देखिन्छ । उनले अनुभव सुनाए ।
    झापा, मोरङ र सुनसरीका साथीहरु सेनामा धेरै टिकेनन् । त्यो बेला उपल्लो कमाण्डरहरुले मोरङ र सुनसरीका भाग्छन है भन्दा मन कटक्ट हुन्थ्यो । युद्व पक्कैपनि कठोर थियो । अनुशासनको साथ फर्मेशनमा हिड्नु पथ्र्यो ।

    राजनीतिमा त्यसै फुत्त उफ्रेर आएको होइन । कुशल सबैकुरा भोगेर आएको हो । अब कसैले लडाउन खोजेर लड्दैन । ‘‘अहिलेसम्म असफल हुनु परेको छैन ।’ ‘युद्धको बेला सँगै उभिएको साथी ढल्दा, अंग गुमाएका साथीलाई बोकेर उद्धार गर्नुपर्दा क्षणिक पराजित भएको जस्तो लाग्थ्यो तर त्यो लडाइको नियम थियो ।’’ उनले थोरै अनुभव सुनाए ।
    शान्ति सम्झौतापछि नेपालको राजनीतिक नयाँ कोर्षमा गएको पक्कै हो । किन पार्टी विभाजन र एकतामा रुमलिरहेका छन त ? प्रस्नमा कुशलले आफ्नो बुझाइ यसरी सुनाए ।

    १२ बँुदे सम्झौतालाई बाबुराम भट्टराईले राजनीतिक क्रान्ति सम्पन्न भयो भन्ने बुझे । मोहन वैद्यले क्रान्तिकै चरणमा भएको बुँझे । प्रचण्डले व्यलेन्स गर्न खोजे । बुझाइ फरक भएकैले पार्टी विभाजित भयो । दुवैलाई व्यालेन्स गर्ने प्रयास स्वरुप २०६४ को निर्वाचनमा प्रचण्डले ‘मुखमा निर्वाचन र दिमागमा विद्रोह’को नीति ल्याएका हुन । त्यसबेला अध्यक्षले ब्यालेन्स गर्न नसकेको कारण पार्टी विभाजन भयो ।

    राजतन्त्रको औपचारिक अन्त्यपछि हतियारको लडाइबाट जाने प्रकृयाको अन्त्य भइसक्यो । नेत्रविक्रम चन्द (विप्लव)ले बन्दुक बोकेका छैनन् र बोक्दैनन । कुशलको भनाइ छ, ‘हतियार बोकेर कोसँग लड्छन विप्लव ?’ विप्लव हामीलाई चाहिन्छ । प्रचण्डपछिका हाम्रा नेता उनै हुन ।

    प्रगतिशिल संसदबाटै नेपालको संमृद्धि, भौतिक, आर्थिक विकासको प्रसस्त सम्भावना रहेको प्रदेशसभा सदस्य समेत रहेका कुसलको ठहर छ । माओवादी केन्द्र र एमालेमात्र होइन सम्पूर्ण वामपन्थीहरुको एउटै पार्टी बन्नुपर्छ । स्थायी शान्ति र समाजवादी क्रान्ति प्रचण्डको नेतृत्वमा मात्र सम्झव देख्छन उनी ।


    एक नम्बर प्रदेशको नाम मिश्रित हुनुपर्ने र आदिवासी जनजाति, दलित, मधेशी लगायत उत्पीडित जाति, क्षेत्र र लिङ्गको समस्या समाधान समाजवादी क्रान्तिसँगै हलहुने बताए ।

    प्रदेश सरकार बन्ने प्रकृया नजिकै आइरहेको बेला कुशलले भने ‘सात प्रदेशमा क्लष्टर अनुसार जुन जातिको बाहुल्य छ, पहिलो चरणमा त्यही जातिको मुख्यमन्त्री बनाए राम्रो हुन्छ ।’

    एक नम्बर प्रदेशको कुरा आउदा कुशलले भने ‘नरेन्द्र मोदीले शुरुमा गुजरात बनाए, गुजरातको आर्थिक क्रान्तिबाट भारत नै प्रभावित बन्यो ।’ त्यसैगरी एक नम्बर प्रदेशले उद्योग, पर्यटन, आधुनिक कृषि, विद्युतको उत्पादन तथा विकास गरेर नेपाललाई प्रभावित गर्नुपर्ने विचार राखे ।
    प्रदेशको विकासको लागि आफू मन्त्री भए, नभएपनि प्रदेशसभा सदस्यको हिसावले मुख्यमन्त्रीलाई गर्नुपर्ने सहयोगमा कुनै कसरत बाँकी नराख्ने वचन व्यक्त गरे । एक नम्बर प्रदेशको तिब्र बिकासको लागि भारत र चीनसँग जोडिएको नाकाहरु व्यवस्थति गर्नुपर्छ ।
    २०७४ मंसिर २१ गते गते भएको निर्वाचनमा मोरङ—१(क) प्रदेशसभाको सदस्य निर्वाचित गर्न भोट दिने सम्पूर्ण क्षेत्रबासीलाई धन्यवाद दिदै कुशलले भने ‘यो क्षेत्रलाई नमूनाको रुपमा विकास गर्न मेरो जोड रहन्छ ।’

    निर्वाचनको प्रतिबद्धताहरु पुरा गर्न हर समय लागिरहनेछु । क्षेत्रमा खोला तटबन्धन, खाने पानीको समस्या, सडक विस्तार तथा विकास, पर्यटकीय क्षेत्रको विकास, आनुनिक कृषि, गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार र रोजगारी कसरी सहज बनाउन सकिन्छ भन्नेकुरामा नयाँ ढंगले सोचिरहेको कुशलको भनाइ छ । सो क्षेत्र भएर बग्ने खोलाहरुबाट विद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरेर सम्भवहुने ठाउँबाट उत्पादन गर्नेकुरामा लाग्ने समेत उनले बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…