• पछिल्लो समय विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नेपालमा पनि चैत्र ११ देखि लकडाउन सुरु गरिएको छ । हाललाई वैशाख ३ गते सम्म मात्र लकडाउन भनिएता पनि यो केही दिनलाई अझ बढ्न सक्ने जानकारीहरु बताउँछन् । लकडाउनका कारण विपन्न वर्गका मानिसहरुलाई दैनिकी गुजारा गर्न निक्कै कठिन भइरहेको अवस्थामा राहत मार्फत यसलाई केही न्युनिकरण गर्न नेपाली काँग्रेसबाट विजयी भएका बुद्धशान्ति गाउँपालिकाका सबै जनप्रतिनिधीहरुले चैत्र महिनाको सेवा सुविधा बुद्धशान्ति प्रकोप व्यवस्थापन कोषका लागि दिने भएका छन् ।

     

    ७ वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेल, १ नम्बर वडाध्यक्ष भीमकुमार नेवार, वडा सदस्यमा टिका धिमाल, ३ नम्बर वडाध्यक्ष कमल उप्रेती, वडा सदस्य वसन लिम्बु र ५ नम्बर वडाध्यक्ष वाशुदेव खतिवडा, वडा सदस्यमा डिल्लिरमण खतिवडा, रीता चौधरी, डेगेन्द्र कार्की, देउमाया दर्जी गरी १० जना जनप्रतिनिधी निर्वाचित भएका थिए ।नेपाली काँग्रेस बुद्धशान्तिले गाउँपालिका अध्यक्षको सेवा सुविधा ३२,५००, प्रत्येक वडाध्यक्षको १९,४०० र प्रत्येक वडासदस्यको ७५०० गरी कुल हुन आउने १३५७०० (एक लाख पैँतीस हजार सात सय) रकम राहत कोषलाई दिने निर्णय गरेको नेपाली काँग्रेस बुद्धशान्तिका सभापति चक्र शेर्माले बताएका छन् ।

     

    कोरोना संक्रमित तथा रोकथामका लागि देशभरी लकडाउन भइरहेको अवस्थामा अति विपन्न वर्गका नागरिकलाई राहत वितरण का लागी बुद्धशान्ति गाउँपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा एक महिनाको सेवा सुविधा दिन पाउँदा आफूँ लगायत अन्य जनप्रतिनिधी समेत खुशी रहेको गाउँपालिका अध्यक्ष भुजेलले बताएका छन् ।
    नेपाली काँग्रेसले यसअघि पनि गाउँपालिकालाई राहत कार्यमा सहयोगका लागि १२०० केजी चामल दिएको थियो र आगामी दिनमा परेको खण्डमा थप सहयोग गर्नेकुरामा नेपाली काँग्रेस प्रतिबद्ध रहेको नेपाली काँग्रेसका कोषाध्यक्ष मनेष दाहालले बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…