• दमक/चैत २९/
    लामो समय देखीको लकडाउनका कारण दमकमा रहेको चियाबगानका मजदुरलाई खाद्यान्नको अभाव भएकोले दमक ४ का नेपाली कांग्रेसका अगुवा कार्यकताहरुले आज राहत बितरण गरेका छन् ।

    नेपाल किसान संघ झापाका सभापती राजेन्द्र भट्टराईको अगुवाईमा कांग्रेस कार्यकताहरु, कांग्रेस वडा सभापती पुण्य दाहाल, राजेन्द्र सिटौला, नगर सह सचिव दिपेश दाहाल लगायत कांग्रेस कार्यकर्ताहरु टंक पाण्डे, राजु मिश्र, रामकृष्ण रेग्मी लगायतले चिया बगानका मजदुरलाई राहत वितरण गरेको किसान संघ झापा सभापती भट्टराईले बताउनु भयो ।

    चियाबगानमा कार्यरत मजदुर अहिले काम नहुँदा भोकै बस्नु परेको अवस्थामा नगरपालीकामा राहतको लागी कुरा गर्दा वडाले व्यवस्था गर्छ भन्ने र वडामा कुरा गर्दा नगरपालीकाले गर्छ भन्दै एक अर्कालाई देखाएर पन्छिको भन्दै आफुहरुले राहत उठाएर वितरण गरेको उहाँले बताउनु भयो ।

    टोल बिकाश समितिले शिफारिश गरेको नामावलीका आधारमा प्रति घर एक बोरा चामलको दरले आज ८३ बोरा चामल उपलब्ध गराईएको उहाँले बताउनु भयो ।
    बाँकी ४५ परिवारलाई पनि राहत दिनको लागी रकम संकलन गरिरहेकोले केहिदिन भित्रमै व्यवस्था गर्ने उहाँले बताउनु भयो ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…