चैत ३०, २०७६
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (चैत ३०) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ७५ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः