• फार्मेर्सीका कारण अस्पतालकै नाम बद्नाम हुदै


    दिनेश खड्का


    माघ १२, विराटनगर 

    न्युरो हस्पिटल विराटनगरले आफ्नै हस्पिटल भित्र रहेको र्फामेर्सीमा मात्र औषधि खरिद गर्न उपोभोक्तालाई दवाव दिने गरेको पाईएको छ । लाईफ सर्पोट नामक उक्त फार्मेर्सी अस्पतालकै निर्देशक राजेश भट्राईद्धारा संचालीत भएको समेत खुल्न आएको छ । अस्पतालको निर्देशक भएको शक्ति प्रयोग गर्दै भट्राईले विरामीलाई अस्पताल भित्रै औषधि किन्न दवाव दिने गरेको पाईएको हो । हस्पतालको उक्त फामेर्सीका संचालकले सकेसम्म स्टाफ प्रयोग गरेर विरामीको आफन्तलाई भित्रै औषधि किन्न कन्र्भट गर्ने नभए आवतजावत गर्ने अवरोध पुर्‍याएर भएपनि अस्पतालको भित्रैकै फार्मेसीवाट औषधि किन्न बाध्य वनाउने गरेका छन् ।


     डाईरेक्टर भट्टराई


    अस्पतालभित्र रहेको उक्त फामेर्सीमा खरिद बिक्रिको एन विपरित २० प्रतिशतभन्दा वढी उपोभोक्ता संग मुनाफा लिने गरेको समेत पाईएको छ । उक्त फामेर्सीले कानुन उल्लघन गर्दै ५० प्रतिशत भन्दा पनि वढी मुनाफा राखेर सर्जिकल आईटम बेच्ने गरेको छ समेत स्रोतको दावी रहेको छ । उक्त अस्पताल भित्र रहेको फामेर्सीवाट औषधि खरिद गर्दा १ प्रतिशत पनि छुट नदिने गरेको उपोभक्ताले गुनासो समेत गर्ने गरेका छन्  न्युरो हस्पिटल विराटनगर न्युरो सेवाका लागि पुर्वाञ्चलमै प्रख्यात हस्पिटल हो । यस हस्पिटलका संचालक डा. विरेन्द्र कुमार विष्ट समेत नेपालकै प्रख्यान न्युरो सर्जन मध्येमा एक पर्छन् ।

    नासा सम्बिन्धि कुनै जटिल समस्या भए प्राए पुर्वाञ्चलका सोहै्र जिल्लाका विरामीहरु यही हस्पिटलमा धाउने गर्दछन् । तर अस्पतालको डाईरेक्ट भटराईको यस्तो स्वभावले न्युरो हस्पिटलको नामनै धुल्मुल्याएको छ । अस्पताललाई चुस्त दुरुस्त संचालन गर्न भन्दा फामेर्सिवाट कसरी व्यक्तिगत लाभ लिन सकिन्छ भन्नेमा डाईरेक्टर भट्राई लागेपछि अहिले न्युरो हस्पीटल विराटनगरको साख नै गिरेको अवस्था छ । उक्त हस्पिटलमा रहेको लाईफ सर्पोट फामेर्सीवाट संचालक भट्राईले मासिक करिव एक करोडको ट्रान्जेक्सन गर्ने गरेको पाईएको छ ।












सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…