काठमाडौँ, २ बैशाख । नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार बहराईन दिनारसहित केही देशको विनिमयदर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ५२ पैयाँ ७२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तालिकामा हेर्नुहोस्-