• पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यलाई नै कंगाल बनाउने जस्ता निर्णय गरेको आरोप लगाएका छन् ।

    सामुदायिक रेडियो प्रसारक संघको १३ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले वर्तमान कामचलाउ सरकारले गरेका सबै निर्णय मान्य नहुने बताए ।

    संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताउँदै अध्यक्ष ओलीले संशोधनका नाममा देशलाई दूरगामी रुपमा असर पार्ने, देश टुक्र्याउने जस्ता निर्णय गर्न नसकिने स्पष्ट गरे । नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा ६० अर्ब रुपैयाँ खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिन वर्तमान सरकारले खोजेको पनि उनले बताए ।

    आगामी सरकार सञ्चारमाध्यममैत्री बन्ने विश्वास दिलाउँदै पूर्वप्रधानमन्त्री ओलीले प्रत्येक सञ्चारमाध्यमले समाज र राष्ट्रका हितमा आफूलाई उभ्याउनुपर्नेमा जोड दिए ।रासस

     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…