• काठमाडौं । राज्यका विभिन्न निकायले एक महिनामा राज्यकोषबाट भ्रमण र अतिथि सत्कारका लागि मात्रै १ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् ।

    अर्थ मन्त्रालयका अनुसार पुस महिनामा मात्र राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विभिन्न निकायका प्रमुखको भ्रमण खर्चका लागि राज्यकोषबाट उक्त रकम निकासा भएको हो ।

    अर्थ मन्त्रालयबाट पुस महिनामा भएको निकासा तथा रकमान्तर विवरणअनुसार भ्रमण तथा स्वागत खर्चका लागि सबैभन्दा बढी रकम निकासा माग्ने निकाय राष्ट्रपति कार्यालय हो ।

    राष्ट्रपतिको नेतृत्वमा २७ मंसिरदेखि युएईमा गएको भ्रमण दलका लागि मात्र ७७ लाख ८२ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयको नाममा निकासा भएको छ । प्रधानमन्त्री र मन्त्रीले पनि एक महिनाको अवधिमा जिल्ला भ्रमण खर्चमा ५० लाख रुपैयाँ सकाएका छन् ।

    बाढीपीडितलाई १ अर्ब ४ करोड निकासा
    अर्थ मन्त्रालयका अनुसार गत साउनमा आएको भीषण वर्षा र त्यसपछि आएको बाढीबाट पूर्ण रूपमा घर क्षति भएका परिवारलाई राहत वितरण गर्न १ अर्ब ४ करोड रुपैयाँ रकमान्तर निकासा भएको छ ।

    सम्बन्धित विपद् व्यवस्थापन समितिले यकिन गरेको तथ्यांकका आधारमा दोहोरो नपर्ने गरी रकम वितरण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नाममा उक्त रकमान्तर निकासा गरिएको हो ।

    पुस महिनामै सरकारले सातवटा प्रदेशमा व्यवस्थापिका तथा कार्यपालिका सञ्चालनका लागि अस्थायी कार्यालय र आवास भवन व्यवस्थापन गर्न १ अर्ब ५ करोड रुपैयाँ रकमान्तर निकासा गरेको छ । यो रकम हरेक प्रदेशलाई १५–१५ करोड रुपैयाँका दरले वितरण गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । (नयाँ पत्रिका दैनिक)

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…