काठमाडौँ, २१ बैशाख । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२० रुपैया ४८ पैसा पुगेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ५७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ३३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८० पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-