• योगराज दाहाल
    लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नं ८ स्थित जाँते पोलिक्लिनिकले एकदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । शिविरमा कोशी अञ्चल अस्पतालका जनरल फिजिसियन डा. श्री प्रसाद खनाल, जनरल मेडिसिन डा. प्रविन कार्कीले विरामीको चेकजाँच गरेका थिए । शिविरमा ५० भन्दा बढी विरामीले स्वास्थ्य परीक्षण गराएका थिए । सुगर, नसा तथा हाडजोर्नी, दम, उच्चरक्तचाप लगायतका विरामीहरूले सेवा सुविधा लिएको अस्पतालका व्यवस्थापक जनरल मेडिसिन डा. सरोज बस्नेतले जानकारी दिएका छन् ।

    अस्पतालले डाक्टरको परीक्षण र सुगर र उच्च रक्तचापका विरामीहरूको परीक्षण निशुल्क गरेको थियो भने अन्य बिभिन्न रोगका विरामीहरूको ल्याव परीक्षणमा २० प्रतिशत छुट गरेको थियो । स्वास्थ्य शिविर १ दिनको लागि गरिएको भएता पनि गरीव तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा पहुँच पुराउन, उपचार गर्न नपाएर वा नसकेर विरामीको अकालमा नै मृत्यु हुन वाट वचाउन यस्ता शिविर संचालन गरिएको बताईको छ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…