• पुष्कर खड्का
    काठमाडौ - जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा कार्यरत एक प्रहरी जवानले रगत दिएपछि एक गर्भवती महिलाको ज्यान जोगिएको छ । रौतहट जिल्ला अस्पतालमा भर्ना रहेकी ईशनाथ नगरपालिका ४ का ओसिम अख्तरकी श्रीमति नरसिमा खातुनलाई प्रहरी जवान रामचन्द्र यादवले एक पिन्ट रगत दिएर ज्यान जोगाएका हुन् ।

    अस्पतालको शैयामा रहेकी खातुनलाई रगत चाहिएको थियो । तर, उनलाई आवश्यक रगत कतै नभेटाएपछि प्रहरी जवान यादवले रगत दिएर बचाएका हुन् ।प्रहरी जवान यादव यसअघि सिरहामा हुँदा पनि प्रशंसनीय कार्यहरु गरेर तारिफ बटुलेका थिए । उनी हाल जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान शाखामा कार्यरत छन् ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…