• पुष्कर खड्का

    काठमाडौ – सिन्धुलीको विभिन्न स्थानिय तहमा बुधवार २३ जनालाई क्वारेन्टाईनमा राखिएको छ । कमलामाई नगरपालीका ,दुधौली नगरपालिका र मरिण गाँउपालिकामा गरी २३ जनालाई क्वारेन्टाईनमा राखिएको हो । कोरोना भाईरसको संक्रमीत भेटिएको जिल्ला रौतहटबाट हिडेर आएका ४ जना बालबालिका सहित १८ जनालाई मरिण गाँउपालिकाले क्वारेन्टाईनमा राखेको हो ।








    मरिण गाँउपालिका वडा नं. ७ थामी टोल घरभई रौतहटको पर्सुवा स्थित बि ईट्टार्भट्टामा काम गर्दै आएका उनीहरु सबै १८ जना पैदलै हिडेर सिन्धुलीको हरिहरपुरगढी गाउपालिका आईपुगेका थिए ।रौतहटबाट आउनेहरुमा १३ जना पुरुष, ५ महिला रहेको मरिण गाउपालिकाका स्वास्थ्य शाखा संयोजक मधु लाखेले जानकारी दिनुभयो ।










    रौतहटबाट हिडेरै हरिहरपुरगढी गाउपालिकामा आईपुगेका उनीहरुलाई मंगलवार राती हरिहरपुरगढीको क्वारेन्टाईनमा राखिएको र बुधवार मरिण गाँउपालिकाले त्यहाबाट उद्धार गरी ल्याएर मरिण बहुमुखी क्याम्पसमा बनाईएको क्वारेन्टाइन राखिएको मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । त्यस्तै यता सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा पनि ५ जना क्वारेन्टाईनमा राखिएको छ ।










    कमलामाई नगरपालिका –६ भु– संरक्षणको कार्यालयमा रहेको क्यारेन्टाईनमा रौतहट बाट १ जना सर्लाहीको हरिवन बाट १ जना र जनकपुरबाट आएका १ जना गरी तिन जनालाई राखिएको छ ,भने सिन्धुलीमाढीमा विभिन्न पेसा व्यवसाय गर्ने २ जनालाई दुधौली नगरपालिकाको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।




सम्वन्धित समाचार

रामेछाप । हिमाल पावर हाइड्रोका गार्डको रामेछापको खिम्ती खोलामा पौडी खेल्न जादा डुबेर मृत्यु भएको छ । मृ…

रामेछाप । पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामेछाप नगरपा…

ओखलढुंगा । ओखलढुंगामा यात्रुबाहक बस दुर्घटना भएको छ। जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा बस दुर्घटना हुँदा …

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भए…