• विराटनगर । एमाले वैकल्पिक पोलिटव्यूरो सदस्य एवं पूर्व संचारमन्त्री शेरधन राईले एक नम्बर प्रदेशको मुख्यमन्त्री बन्न आफु चुनाव लड्न समेत तयार रहेको बताएका छन् ।

    विराटनगरमा संचारकर्मीसंग कुराकानी गर्दै उनले पार्टीको स्थायी समितिले गरेको निर्णय आफ्ना लागि मान्य हुने बताउँदै यदि संसदीय दलको नेता चयन गर्न चुनाव नै हुने हो भने पनि म पछि हट्दिन, भने ।

    प्रदेश एकको मुख्य मन्त्री दावी गर्दै भोजपुरबाट चुनाव जितेका राईले यो क्षेत्रको भौगोलिक र ऐतिहासिकताका हिसावले पनि आफू उम्मेदवारका लागि योग्य रहेको ठोकुवा गरे ।

    उनले आफूले विगतमा राजकिय जिम्मेवारी राम्रोसंग पूरा गरेको जिकिर पनि गरे । माघ भित्रै नभए पनि फागुन ३ गते भित्र प्रदेश सरकार वनिसक्ने भएकाले पार्टीको निर्णय अनुसार अब संसदीय दलको नेता छान्ने प्रक्रिया छिट्टै सुरु हुने उनको भनाई छ ।

    प्रदेश एक मा ९३ सदस्य रहेको प्रदेशसभा बन्दै छ । जसमा एमाले एक्लैको ५१ सदस्य सहित बहुमत छ । संसदीय दलको नेतालाई मुख्य मन्त्री चयन गर्ने संवैधानिक व्यवस्था रहेकाले पनि मुख्य मन्त्री हुनु अघि संसदीय दलको नेता चयन हुनु पर्नेछ ।

    प्रदेश एकमा केन्द्रीय सचिव एवं प्रदेश एकका संयोजक भीम आचार्यले पनि मुख्य मन्त्रीको दावी गर्दै आएका छन् । उनले शनिबार मात्रै काठमाडौमा पत्रकारहरुसँग भेट गरेर आफु मुख्यमन्त्री बन्ने आधारहरु सुनाएका थिए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…