• जनकपुरधाम । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर २ बाट ८ जना उम्मेवार निर्विरोध चयन भएका छन् ।

    माघ १० गते भएको मनोनयन दर्ताको क्रममा राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नम्बर २ बाट ८ पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये ४ जना यसअघि नै विजयी भइसकेका छन् ।

    खुल्लामा मात्रै प्रतिस्पर्धा रहेको प्रदेश दुईको राष्ट्रिय सभा सदस्य पदमा संघीय समाजवादी पार्टीका उम्मेदवार मोहम्मद अख्तर हुसैनले आइतबार उम्मेदवारी फिर्ता लिएपछि सबैजना निर्विरोध भएका हुन् ।

    खुल्लामा राजपाबाट रमेश प्रसाद यादव, नेपाली कांग्रेसबाट जितेन्द्र नारायण देव, नेकपा एमालेबाट सुमनराज प्याकुरेलले र संघीय समाजवादी पार्टीबाट मोहम्मद अख्तर हुसैन प्रतिस्पर्धामा थिए ।

    यसअघि राजपाबाट अल्पसंख्यक कोटामा वृषेशचन्द्र लाल, नेपाली कांग्रेसकी मुक्ता यादव महिलाकोटामा, महिला कोटाबाटै माओवादी केन्द्रकी शशिकला दाहाल र संघीय समाजवादी फोरम नेपालबाट दलित कोटामा रामप्रित पासवान निर्विरोध निर्वाचित भएका थिए ।

    यद्यपि उनीहरु निर्वाचित भइसकेको औपचारिक घोषणा भने माघ २४ गतेको साँझ मात्रै गरिने प्रदेश नम्बर २ का मुख्य निर्वाचन राधाकृष्ण उप्रेतीले जानकारी दिएका छन् ।

    ८ जना राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेश नम्बर २मा ३ सय ७९ जना मतदाता रहेका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)






सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…