• विराटनगर । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा खुल्लातर्फको ३ र महिला कोटामा ३ जना गरी प्रदेश नम्बर १ बाट ६ जना निर्बिरोध निर्वाचित भएका छन् ।

    अब २ पदको मात्र निर्वाचन हुने १ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । अब दलित र अपांगता भएका वा अल्पसंख्यक कोटाको लागि बहुमतीय प्रक्रियाबाट निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

    खुल्लातर्फ ४ जनाको उम्मेदवारी दर्ता भएकोमा नेकपा एमालेका खड्गबहादुर बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

    बस्नेतको उम्मेदवारी फिर्ता भएपछि एमालेका पर्शुराम मेघी गुरुङ (संखुवासभा) र हरिचरण सिवाकोटी (झापा) तथा नेपाली काँग्रेसका रमेशजंग रायमाझी (मोरङ) निर्बिरोध निर्वाचित भएका हुन् । यसअघि बाम गठबन्धनले २ जना मात्र उम्मेदवार बनाउने निर्णय गरेकोमा काँग्रेसले अल्पसंख्यक र दलित कोटामा उम्मेदवारी दिएपछि अन्तिम समयमा बस्नेतको उम्मेदवारी दर्ता गरिएको थियो ।

    प्रदेशमा एकल संक्रमणीय पद्दतिबाट हुने निर्वाचनमा बाम गठबन्धनका २ जना र काँग्रेसका एक जना निर्वाचित हुने अवस्था रहेकोले बस्नेतको उम्मेदवारी फिर्ता भएको हो ।

    महिला कोटाको ३ जनामा भने ३ जनाकै मात्र उम्मेदवारी दर्ता भएकोले उनीहरु पनि निर्बिरोध निर्वाचित भइसकेका छन् । महिला कोटामा एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी विना पोखरेल (मोरङ) र काँग्रेसकी सरिता प्रसाई (झापा) निर्बिरोध भएका हुन् ।

    राष्ट्रियसभामा प्रदेशबाट निर्वाचित हुने ८ जनामध्ये ६ जना निर्बिरोध निर्वाचित भएको सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

    प्रदेशबाट दलित कोटामा एमालेका खेम नेपाली (मोरङ) र काँग्रेसका विन विश्वकर्मा (झापा) तथा अल्पसंख्यक वा अपांगता कोटामा एमालेका अगम वान्तवा (इलाम) र काँग्रेसका महेश जाजु(मोरङ) प्रतिष्पर्धामा छन् । अल्पसंख्यक कोटामा उम्मेदवारी दिएकी राप्रपाकी अनुपमादेवि साहको पनि उम्मेदवारी फिर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

    राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…