• १७ माघ, काठमाडौं । वाम गठबन्धनले बनाउने नयाँ सरकारको समर्थनका लागि मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चार मन्त्रीको प्रस्ताव अघि सारेको समाचारलाई आज जनता पोस्ट दैनिकले लेखेको छ ।

    वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता अग्नि खरेल यस्तो प्रस्ताव लिएर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेतालाई भेट्न पुगेको दाबी समाचारमा गरिएको छ ।

    समाचार अनुसार दुई तिहाई बहुमतको सरकार बनाउनका लागि गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको यो प्रस्ताव मधेसी गठबन्धनलाई आएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताए ।

    राजपा र फोरमको २१ प्रतिनिधिसभा सदस्यको समर्थन पाए वाम गठबन्धनले केन्द्रमा दुई तिहाई बहुमत पुर्याउने छ । राजपा र फोरमले संविधान संशोधनको विषयमा वाम गठबन्धनले आफ्नो धारणा अघि सारेको खण्डमा समर्थन हुने बताउँदै आएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…