• काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छोड्ने भएकाले हतार नगर्न दलहरुलाई आग्रह गरेका छन्। नेपाल टेलिभिजनको ३३ औं बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्माका साथ सरकार  गठन भएकाले त्यस अघि सरकार नछाड्ने बताएका हुन्।

    उनले अझै राष्ट्रियसभाको निर्वाचन गर्न बाँकि भएकाले त्यस अघि सरकार छाडेन भनेर आरोप लगाउनुभन्दा संविधान राम्रोसँग अध्ययन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री देउवाले समयानुकुल, परिमार्जन र परिस्कृत हुँदै संघीय संरचनामा जानुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जाहेर गरे।

    कार्यक्रममा सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले टेलिभिजनले आफूलाई संघीय संरचनामा लगेर सबैको साझा टेलिभिजन हो भन्ने भावना सम्प्रेषण गर्न सक्नुपर्ने बताए।

    कार्यक्रममा टेलिभिजनमा कार्यरत विभिन्न कर्मचारीहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमकमा त्यसैगरी उत्कृष्ट एडभरटाईजिङ एजेन्सीको रुपमा कि एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक रविन्द्र कुमार रिजाललाई सम्मान गरियो। यो एजेन्सीले टेलिभिजनसँग गत आर्थिक बर्षमा ७ करोड ४२ लाख २५ हजारको कारोबार गरेको थियो। मिडिया हव र मिडिया टाइम्स प्रालि पनि सम्मानित भएका छन्।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…