•  

     

     

     

    अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ ।

     

    तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ ।

    १. चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ ।

    २. अदुवा हालेको चिया पिउँदा पेट दुखेको कम हुन्छ ।

    ३. अदुवा हालेको चियाले पिउँदा तनाव समेत कम हुन्छ ।

    ४. अदुवा चियाले श्वाप्रश्वास राम्रो बनाउँन मद्दत मिल्छ ।

    ५. अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुँदा चियामा यसको प्रयोग लाभदायक मानिन्छ ।

    ६. कुनै यात्रामा निस्कनु अघि अदुवा हालेको चिया उपभोग गरेमा बान्ता हुँदैन ।

    ७. अदुवासहितको चियाले मोटोपना कम गर्द मद्दत मिल्छ ।

    ८. अदुवामा एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण हुन्छ जसले रोगबाट बचाउँछ ।

    ९. यसले जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ ।

    १०. अदुवा चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

    ११. यसले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्दछ ।

    १२. अदुवा हालेको चिया खाएमा रक्तसञ्चारमा सहयोग पुग्दछ ।

    १३. यसले पाचन प्रक्रियामा सुधार ल्याउँने गर्दछ ।

    १४. अदुवा हालेको चिया सेवन गर्दा अल्जाइमर हुने संभावना कम हुन्छ ।

    १५. यसको सेवनले अनियमित हुने महिनावारीलाई नियमित समेत बनाउँछ ।

     

    यो पनि पढ्नुहोस

    नियमित तातो पानी पिउनुहोस्, तपाईंलाई फाइदै फाइदा

    जाडो मौसममा चिया पिउनेको संख्या बढ्ने गर्छ । चिसोमा चिया पिउनेले स्वस्थ चियाको विकल्प रोज्नुपर्छ । सादा चियाको सट्टा अदुवा र ल्वाङ राखेर चिया पिउने हो भने शरीरलाई फाइदा गर्छ । यसले शरीरलाई न्यानो पार्नुका साथै धेरै रोगबाट बचाउन मद्धत गर्दछ ।

    चिकित्सकका अनुसार जाडोमा अदुवा र ल्वाङ हालेको चिया खानुका छुट्टै महत्व हुन्छ । अदुवामा भिटामिन सी को मात्रा धेरै हुन्छ । साथै म्याग्नेसियम र अन्य खनिज पदार्थ धेरै मात्रामा पाइन्छ । अदुवाको जरा स्वास्थ्यको लागि राम्रो मानिन्छ ।यस्ता छन् जाडोमा अदुवाको चिया खानुका फाइदा

    रुघा खोकीबाट छुटकारा
    चियामा अदुवाको प्रयोग गर्नु रुघा तथा खोकी राहतमा धेरै प्रभावकारी हुन्छ । अदुवामा तुल्सीको पात, मह, कागती र ल्वाङ मिसाएर पनि खान सकिन्छ।

    पाचन शक्ति बढाउछ
    अदुवाको चिया पिउँदा पाचन शक्ति बलियो हुन्छ । यसको प्रयोगले पेट दुखाई र ग्याससम्बन्धी समस्यालाई कम गर्दछ । जाडो मौसममा अदुवाको चिया वा रस पिउँदा कागती र कालो नुन मिसाउने हो भने पेटको समस्या निराकरण हुन्छ।

    तौल नियन्त्रण गर्छ
    अदुवा मोटो शरीरको लागि धेरै फाइदाजनक हुन्छ । तौल कम गर्न चाहने व्यक्तिका लागि अदुवाको पानी र चिया राम्रो हुन्छ । वास्तवमा अदुवामा कार्टिसोल भएको कारण पेटको बोसो र शरीरको अधिक बोसो कम गर्न मद्धत गर्छ ।

    एलर्जीको रोकथाम
    अदुवामा एन्टी ब्याक्टेरियल र एन्टी अक्सीडेन्टको गुण हुन्छ । जसले धेरै रोगहरुबाट बच्न मद्धत गर्छ । जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जी बाट बचाउँछ । हाड जोड्नीको दुखाईको समस्या भएका व्यक्तिलाई अदुवाले धरै फाइदा गर्दछ ।

    रक्त सञ्चारमा सुधार
    अदुवामा रहेको भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो बनाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ।

    तनाव मुक्त
    दिकदार र तनाब बाट बच्न अदुवाको चिया एकदमै फलदायी हुन्छ । जाडो मौसम र व्यस्त जीवनशैलीमा अदुवा एक सबै भन्दा राम्रो औषधी बन्न सक्छ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…