• काठमाडौं ।  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूमाथि लागेको धम्कीको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

    पछिल्ला दिनमा आफूमाथि आधारहीन आरोप लगाउने सिलसिलाबद्ध प्रयास भइरहेको उनको दाबी छ ।

    ‘अहिलेको दुष्प्रचार ममाथि आधारहीन आरोप लगाउने शृंखलाको नयाँ अध्याय मात्र हो । मैले वा कुनै पनि संवैधानिक पदाधिकारीले कसैलाई ज्यानमार्ने धम्की टेलिफोनमा दिएको भए, त्यसको रेकर्ड, प्रमाण पनि होला,’ पराजुलीले भने, ‘यदि आरोप लगाउनेले, अन्य कसैले वा टेलिकमले प्रमाण देखाउन सके म सार्वजनिक जीवनबाट सन्न्यास लिएर जुनसुकै प्रायश्चित गर्न तयार छु । आधारहीन आरोप लगाउने संस्कृतिले क्षणिक उत्तेजनाबाहेक कसैलाई केही दिन सक्दैन ।’

    यसअघि वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश पराजुलीबाट आफू असुरक्षित रहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

    उनले सीडीओ कार्यालयमा सुरक्षाको माग गरेका छन् । पराजुलीले ‘ज्यानमार्ने’ भन्दै धम्की दिएको दाबी भण्डारीको छ । उनले डा। गोविन्द केसीको विषयमा सर्वोच्च अदालतमा बहसपैरवी गरेको आधारमा प्रतिशोध साँधी पुस २६ गते साँझ र गत बिहीबार फोनमार्फत धम्क्याएको दाबी निवेदनमा उल्लेख गरेका छन् ।

    भण्डारीले ‘कल डिटेल्स’ सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…