• काठमाडाैं। भारत सरकारकी विदेशमन्त्री सुष्मा स्वराज बिहीबार साँझ काठमाडाैं आइपुग्ने कार्यक्रम रहेकाे छ। नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाइएकाे छैन। तर, दुइ दिने नेपाल बसाइका क्रममा स्वराजले एमाले अध्यक्ष केपी ओली र र अन्य राजनीतिक दलका नेतासँग भेटघाट गर्ने बताइएकाे छ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने स्वराजले विशेषगरी एमाले अध्यक्ष अाेलीसँग गहन ढंगले छलफल गर्ने बताइएकाे छ। भावी प्रधानमन्त्रीको रुपमा हेरिएका केपी ओलीलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रीमण्डलकी विश्वासपात्र मन्त्री स्वराजलाई नेपाल पठाएका हुन्।

    स्वराज नेपाल आउनुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका भावी प्रधानमन्त्रीको पर्खाईमा रहेका ओलीबिचको सम्बन्ध सुमधुर बनाउने प्रयासको रुपमा लिइएको छ।

    विदेशमन्त्री स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ।
    विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार र २ जना सञ्चारकर्मी आउने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार दिउसो भेटवार्ता हुने भएको छ।

    विदेशमन्त्री स्वराजले राष्ट्रपति भण्डारीसँग शुक्रबार दिउसो १२ बजे राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गर्ने तय भएको स्रोतले बतायो।
    राष्ट्रपति भण्डारीसँगको भेटघाटमा भारतीय विदेश सचिव विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले लगायत हुनेछन् । भेटघाट आधा घण्टादेखि ४५ मिनेटसम्म हुने बताइएको छ ।

    स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दबहादुर पुन र मधेशवादी दलका नेताहरुलाई पनि भेट्ने बताईएको छ।

    अाेली प्रधानमन्त्री भएका बेला संविधान संशाेधनकाे माग गर्दै अान्दाेलनरत मधेसी माेर्चाकाे मागमा समर्थन गर्दै नेपालमाथि करिव ६ महिना नाकाबन्दी लगाएकाे थियाे। अाेलीकाे नाकाबन्दीकाे विराेध गर्दै फिर्ता नलिएसम्म भारत भ्रमणमा नजाने अडान लिएपछि भारतले बाध्य भएर नाकाबन्दी फिर्ता गरेकाे थियाे। त्यस बेलादेखि अाेली र भारतबीचकाे सम्बन्धमा चिसाेपना अाएकाे थियाे।

    अाफू नेतृत्वकाे सरकार गिराउन भारत देखिएरै लागेकाे भन्दै अाेलीले सार्वजनिक रूपमा नै भारतकाे अालाेचना गर्दै अाएका थिए। स्थानीय तह निर्वाचन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले ठूलाे दल बन्दै अाेलीले सरकारकाे नेतृत्व गर्ने तयारी गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे विशेषदूतका रूपमा विदेश मन्त्री स्वराज नेपाल अाउन लागेकी हुन्।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…