• काठमाडौँ । चुनावमा बहुमत प्राप्त वाम गठबन्धनलाई बधाई दिन भन्दै गत बिहीबार काठमाडौँ आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा करीब २४ घण्टा बिताएर स्वदेश फर्किइन्। २४ घण्टामा उनले नेपालका प्राय: सबै महत्वपूर्ण राजनीतिक व्यक्तित्वसँग भेट गर्न भ्याइन्। वाम सरकार नभनेर नयाँ सरकारसँग मिलेर काम गर्न भारत तयार छ, भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर नेपाल ओर्लिएकी स्वराजको आकस्मिक भ्रमणले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकार बहिर्गमन हुन लागेको तथा वाम गठबन्धनको सरकार बनिनसकेको संक्रमणकालिन अवस्थामा भारतीय प्रधानमन्त्री मोदीको सन्देश बोकेर स्वराज औपचारिक निम्तो समेत नपाएरै पनि नेपाल आउनुलाई शंकास्पद रुपमा हेरिएको छ।

    कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ६ महिना लामो नाकाबन्दी लगाएर नेपाली जनतालाई सास्ती दिने त कहिले संविधान निर्माणको विरोध गर्ने भारत पछिल्लो समय आफ्नो गल्ती सुधारेर नेपालसँग सहकार्य गर्न तत्पर देखिनुले धेरैलाई अचम्मित बनाएको छ।

    जबकी अब बन्ने नयाँ सरकारको नेतृत्व नाकाबन्दीका बेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीले गर्दैछन्। भारतीय नाकाबन्दीपछि तत्कालिन प्रधानमन्त्री ओलीले भारतसँगको एकाधिकार तोड्न चीनसँग सम्बन्ध बढाएका थिए। त्यो बेला ओली नेतृत्वको सरकारले चीनसँग महत्वपूर्ण सम्झौता गरेपछि नेपाल भारतसँग चिडिएको थियो।

    नेपालसँगको व्यापारिक एकाधिकार आफ्नो हातबाट फुस्किएको भन्दै भारतीय  प्रधानमन्त्री मोदीको चर्को आलोचना समेत भएको थियो। ६ महिना लामो नाकाबन्दीपछि रुष्ट बनेको नेपालमा अब फेरि पनि ओली नै प्रधानमन्त्री बन्ने निश्चित छ। ओली प्रधानमन्त्री बनेपछि नेपाल माथिको भारतको पकड अन्त्य हनेसम्भावना धेरै देखिन्छ। त्यसैले त्यस्तो हुन नदिन मोदीले ओलीलाई फकाउने उद्देश्यले स्वराजलाई दूतका रुपमा नेपाल भ्रमणमा पठाएको प्रष्ट हुन्छ।
    एक दुई महिना भारतले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री हुन नदिन आफ्नो अनेक अस्त्र प्रयोग गरेको थियो। आफ्नो अस्त्रले काम नगरेपछि मोदी सरकारले नेपाललाई चीनको हातमा पर्न नदिन अर्को चाल चलेको प्रष्ट देखिन्छ।

    उक्त चालबाट भारतले नेपालसँगको व्यापारीक एकाधिकार काएमै राख्न वाम गठबन्धनको सरकार बन्दा पनि आफूहरु खुशी छौँ भन्ने भ्रम छर्न नेपालसामु बाहिरी दाँत टल्काउने उद्देश्यले स्वराजलाई दूतका रुपमा नेपाल भ्रमणमा पठाएको कुटनीतिक मामिलाका जानकार बताउँछन्।

    आफ्नो अन्तिम अस्त्रको प्रयोग पनि विफल भएपछि केही समयअघि पनि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई प्रधानमन्त्री बन्नलागेको भन्दै अग्रिम बधाई तथा शुभकामना समेत दिएका दिए। त्यती बेला नै प्रष्ट भइसकेको थियो की ओली प्रधानमन्त्री भए नेपाल चीनसँग नजिक हुन्छ भन्ने डरका कारण मोदी नेपालप्रति नरम बन्दैछन्। नेपालको एकाधिकार आफ्नो हातमै समाउन भारतले नेपालसामु नम्रताको आभास छर्न थालेको हो। वाम सरकार गठनपछि सम्बन्ध सुधारको मन्त्र देखाउन भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल भ्रमण गर्ने संकेत देखिएको छ। नाकाबन्दीका बेला भारतसँग नझुकेर राम्रो छबी बनाएका ओली मोदीको ललिपपमा लोभिन्छन वा लोभिदैनन् भन्ने कुरा समयले मात्र बताउनेछ।

    के भएको थियो स्वराज र ओलीबीच भेटमा ?
    काठमाडौँ आएकी भारतीय विदेशमन्त्री स्वराज र एमाले अध्यक्ष ओलीबीच करीब एक घण्टा वान्टु वान वार्ता भएको थियो। वार्तामा स्वराजले सिधै भारत नयाँ सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएकी थिइन्। उनले ओलीसँग भनेकी थिइन्, 'म एउटा निश्चित एजेण्डा लिएर आएकी हैन। संविधान निर्माणपछि शान्तिपूर्ण निर्वाचन भएकोमा तपाईहरुसँग खुसी साट्न आएकी हुँ।'

    वाम गठबन्धले पाएको बहुमतले नेपालमा स्थायी सरकार गठन हुने भन्दै अब बन्ने सरकारमा हात मिलाउन भारत सरकार उत्साहित रहेको उनले बताएकी थिइन्।

    अहिलेसम्म भारतले नेपालको संविधानको औपचारिक रुपमा स्वागत गरेको छैन्। चीनले नेपालको संविधान निर्माणको स्वागत गर्दा भारतले उल्टै विरोध जनाएको थियो। संविधानमा मधेसी समुदायका मुद्दा नसमेटिएको भन्दै भारतले नेपालको संविधानको विरोध गरेको थियो।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…