• काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले आफू सर्वसम्मतीमा मात्रै पार्टी संसदीय दलको नेता बन्ने स्पष्ट पारेका छन् ।

    सोमबार विहान विराटनगर विमानस्थलमा पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा महामन्त्री कोइरालले यस्तो बताएका हुन् । उनले भने,‘म कोहीसँग पनि प्रतिष्पर्धा गर्दिन, यदि मलाई तपाई बन्नुहोस् भनेर प्रस्ताव गरे, त्यसको लागि म तयार छु म ब्याक हुन्न।’

    धमलाले दलको नेताको निर्वाचनमा भए तपाई किन प्रतिष्पर्धा नगर्ने त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘म पार्टीका साथीहरुसँग प्रतिष्पर्धा गर्नतिर लागें भने त्यो कुनै गुट विशेषमा लागेको सन्देश जान्छ । मेरो चाहना भनेको सर्वसम्मतीमा दलको नेता बन्ने हो ।’

    त्यस्तै उनले पार्टीको संगाठनिक संरचनालाई अब चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए । उनले प्रश्न गरे,‘सक्रिय कार्यकर्ता ५०० छन् तर भोट तीन सयमात्रै आउँछ, यसबारेमा हामीले गम्भिर समिक्षा गर्ने बेला आएको छ।’

    कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति हुँदै महासमिति बैठक बोलाएर समग्रबारेमा गम्भिर समिक्षा गर्नेमा आफू विश्वस्त रहेको सुनाए ।

    त्यस्तै उनले केन्द्रिय कार्यसमितिबारे पनि पूर्नविचार गरेर अघि बढ्ने संकेत गरे । आफू सभापति दउवालई हटाउने पक्षमा नरहेको उनको स्पष्टोक्ति थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…