• एक नम्बर प्रदेशको नाम किरात राख्न मोर्चाले पहल गर्ने


    रातोकलम सम्बादाता
    काठमाडौं । नेकपा(माओवादी केन्द्र) सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाले पार्टी एकता गर्दा माओवाद र पहिचानको मुद्धा छाड्न धारणा सार्वजनिक गरेको छ ।
    केन्द्रीय पदाधिकारी बैठकपछि आज काठमाडौंको अनामनगर स्थित बिनायो क्याफेमा आयोजित पत्रकार सम्मेलन गरेर मोर्चाले सो धारणा सार्वजनिक गरेको हो ।

    एमालेसँग पार्टी एकताको बहस चलिरहेको बेला संगठनको धारणा बनाउने र मोर्चाको संस्थाकपक प्रमुख नेता गोपाल किरातीले राख्दै आएको विचारबारे प्रष्टहुन केन्द्रीय पदाधिकारी बैठक बोलाएको थियो । १ र ३ नम्बर प्रदेशको भेलामा सुझाव संकलनपछि माघ २० र २१ गते भएको बैठकले सो निर्णय गरेको हो ।
    माओवादी पार्टी हेडक्वाटर पेरिषडाँडामा भएको बैठकको निर्णयहरु सार्जजनिक गर्दै पार्टी एकताको आधार माओवाद र पहिचान छाड्न नहुने मोर्चाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

    ‘पार्टी एकता भइहाले वर्गीय, क्षेत्रीय, जातीय र लिङ्गीय समस्या समाधानको लागि वैज्ञानिक विचारको रुपमा स्थापित मालेमा(माक्र्स, लेनिन, माओवाद)वाद र पहिचानको मुद्धा नछाड्न बैठकले पार्टीसँग जोडदार अपील गर्दछ ।’ मोर्चाको अध्यक्ष राजन किराती(बासु) र महासचिव अर्जुन किरातीद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत १ नम्बर प्रदेशको नामाकरण किरात स्वायत्त राख्न पहल गर्ने, प्रदेशको दीर्घकालीन(स्थायी) राजधानी उदयपुरको बेलका नगरपालिका र सुनसरीको बाराहक्षेत्र नगरपालिकाको भूभागमा राख्न माग गरेका छन् । त्यसैगरी मोर्चाको आयोजनामा जननायक रामप्रसाद राई स्मृति दिवस यही फागुन १८ गते माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा विभिन्न व्यक्तिहरुलाई सम्मान र बृहत साँस्कृतिक कार्यक्रम सहित बनाइने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

    मोर्चाको बैठकमा पार्टी केन्द्रीय कार्यालय सदस्य तथा १ नम्बर प्रदेश ईन्चार्ज गोपाल किराती, केन्द्रीय सचिवालय सदस्य तथा उदयपुरबाट निर्वाचित प्रतिनिधिशभा सदस्य सुरेशकुमार राई(हिमाल), पोलिटब्युरो सदस्य तथा खोटाङबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रामकुमार राई (पासाङ), पोलिटब्युरो सदस्य तथा किराती मोर्चाको पूर्व केन्द्रीय संयोजक दुर्गा राई लगायतको उपस्थिति रहेको महासचिव अर्जुन किरातीले बताए । बैठकले गोपाल किरातीद्वारा प्रस्तुत कार्यपत्र सर्वसहमतिले पारित गर्दै दृडतापूर्वक कार्यान्वयन गर्ने निर्णय भएको महासचिव किरातीले बताए ।

    पार्टी एकतामा माओवाद र पहिचानको मुद्धा छाडियो भने मोर्चा के गर्छत ? भन्ने प्रस्नमा अध्यक्ष राजन किराती(बासु)ले त्यसबेला गम्भीर निर्णय लिने बताए । माओवाद र पहिचानको मुद्धा नेता गोपाल किरातीको मात्र नभएर पार्टीले लिएको आधिकारिक विचार भएको महासचिव अर्जुन किरातीले बताएका थिए । नेता गोपाल किरातीलाई १ नम्बर प्रदेशका पोलिटब्युरो सदस्यहरुले कारबारीको माग गरेको बारे सोधिएको प्रश्नमा अध्यक्ष किरातीले त्यो बैचारिक नभएर पदप्रतिष्ठा वितरणको सवाल भएको बताएका छन् । पत्रकार भेटघाटमा मोर्चाका उपाध्यक्षहरु तलिकप्रसाद राई, अशोक राई, प्रकाश राई, अरुणा राई(दिक्षा), राकेश किराती, आशा कुलुङ लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…