• काठमाडौं, २४ माघ । कालोधन सेतो पार्न अवसर दिनुपर्छ भनेर हुनेवाला प्रधानमन्त्री एमाले अध्यक्ष केपी आलीले भन्नु र ४ अर्व कालोधनलाई नरोक्नु भनेर सर्वोच्च अदालतले फैसला दिनुबीच साइनो छ छैन भन्न सकिन्न तर अदालतले नजिर, प्रमाण, तर्कका आधारमा यस्तो फैसला गर्छ भनेर संसारभर प्रेडिक्शन गर्न पाइन्छ ।

    तर नेपालमा भ्रष्टाचारीहरुको विरुद्धमा जे जति प्रेडिक्शनहरु हुन्छन्, ती सबै फेल भएका छन् । अजय सुमार्गीले कालोधन सेता पार्न भित्र्याएको कथित विदेशी लगानी नेपालकै कालोधन भएको सिआइवीले अनुसन्धान गरिरहेको बेलामा राष्ट्र बैंकले रोकेको ४ अर्व नरोक्नु भनेर आदेश दिएपछि सुमार्गी सुनपानी छर्किएर चोखो चोखो भनेजस्तो सफेद भएका छन् ।

    सर्वोच्च अदालतले अजयराज सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालिको खातामा विभिन्न बैंकमा रहेको विदेशी लगानी भनेर भित्र्याएको र उसको आफ्नो रकम रोक्का नगर्न नेपाल राष्ट्र बैंकका नाममा अन्तरिम आदेश जारी गरेको छ । यस्तो आदेश न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार गरेको हो ।

    राष्ट्र बैंकले व्यवसायी सुमार्गीले स्याटेलाइटको नाममा इन्भेस्टमेन्ट बैंकमा राखेको रकमको स्रोत नखुलेको भन्दै रोक्का गरेको थियो । उद्योग विभागले सुमार्गीले विदेशबाट ल्याएको रकमको स्रोत नखुलेकोे भन्दै २०६९ चैत २८ मा रोक्का गर्न राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।

    अब सुमार्गी एक पटक फेरि कालोबाट सेता भएका छन् । खातामा रहेको पैसा रोकिँदा उद्योगलाई क्षति व्यहोर्न परिरहेको देखिन आउँदा, सम्पत्ति शुद्धीकरण र राज्यका अधिकार प्राप्त निकायबाट अनुसन्धान भइरहेको आदेशमा उल्लेख छ ।

    ‘राज्यका कुनै पनि अधिकार प्राप्त निकायलाई बाधा अड्चन नहुने गरी र प्रस्तुत रकम र सोबाट हुने लाभसमेत विदेश लैजान नपाउने गरी निवेदकले माग गरेको बखत भुक्तानी दिनू–दिलाउनू,’ आदेशमा भनिएको छ ।
    सुमार्गीले भित्रिएको लगानी रोकिदा १ अर्व १५ करोड घाटा भएको दावी गरेका थिए । धन्न त्यो घाटा सरकारले दिनु भनेर आदेश भएन ?

    स्मरणीय छ, सुमार्गीले १२ नेपाल भित्र्याइसकेका छन् । यहाँबाट पैसा लगेर विदेशी लगानी भन्दै भित्र्याउने सुमार्गी चलाख व्यवसायी हुन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…