• बिष्णु खड्का
    ३२ जेठ,सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतको कार्यकक्षमा नेपाली काङ्ग्रेसका युवानेता शुभराम बस्नेत,सोलु काठमाडौ सम्पर्क समितिका सचिव सरोज बस्नेत र लिखुपिके गाउँ कार्यसमितिका सभापति सुवर्ण बहादुर बस्नेतको नेतृत्वमा आइतबार मध्यान अभद्र व्यवहार भएको छ भने हातपात समेत भएको अध्यक्ष बस्नेतले बताए ।





    अध्यक्षको कार्यकक्षमा एक्कासि प्रवेश गरि उपाध्यक्ष प्रमिला बस्नेत सहित लाई गाली बेईजती गरिएको छ । भनेे हातपात समेत गरिएको उपाध्यक्ष बस्नेतले बताईन । केहि दिन अघि लिखुपिके गाउँपालिकाको वडा न -४ डुडामा गठन भएको सडक निर्माण उपभोक्ता समिती गठन सम्बन्धमा असन्तुष्टि राख्न नेपाली काँग्रेस लिखु पिके गाउँपालिका सभापति सुवर्ण बहादुर बस्नेत सहितको टोलि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेका थिए ।





    केहिदिन अगाडि विधि र प्रक्रिया सम्वत नभएको भन्दै पुर्व सभापति श्यामध्वज बस्नेतले पालिकामा उजुरी गरेका थिए । त्यसको आधिकारिक पुष्टि गर्न पालिकाले बस्नेत लाई पत्रचार गरेको थियो ।आईतबार जिल्ला कमिटी सोलुखुम्बुले दिएको आधिकारिक पत्र पालिकामा बुझाउने कार्यक्रमका लागि सबै कार्यकर्तालाई बोलाइएको बस्नेतले बताएका थिए।




    पालिकामा तनाव भएपछी कर्मचारीले शान्ति सुरक्षाको ग्यारेन्टी नभए सम्म कामकाज ठप्प पार्ने बताएका छन । नेपाली काग्रेँसका सभापति बस्नेत सहित शुभराम बस्नेत र सरोज बस्नेत लाई प्रहरीले प्रक्राउ गरी थप अनुसन्धानको लागि सदरमुका सल्लेरी लाँदै गरिएको प्रहरीले बताएको छ ।




    गाउँपालिका अध्यक्ष बस्नेतले अराजकताको पराकाष्ठाले सिमा नाघेको भन्दै कानुनी कार्वाही गर्ने निकायको कमजोरीले गर्दा पटकपटक यस्ता घटना घटेको उनको आरोप छ । त्यस्तै शिक्षा साखा संयोजक प्रेम बहादुर बस्नेतले पटक पटक युवा नेता बस्नेतले आफुलाई धम्कि दिएको पनि आरोप लगायका छन ।



    यता नेपाली काङ्ग्रेस लिखुपिके कार्यसमितिले नेकपाले शक्ति र सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ । आफ्ना नेताकार्यकर्ता लाई षड्यन्त्रपुर्वक ढ्ङ्गले फसाउन खोजेको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको हो ।



    पालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले शुक्रबार नै छलफलको लागि समय दिएको र छलफलका लागि बैठकमा बसेर किन उपभोक्ता समिति एकलौटी बनाएको भनी फरक मत राख्दा अध्यक्षले अपशब्द प्रयोग गरेको र यस्तो नगर्नु भन्दा प्रहरी बोलाएर पक्राउ गरि कानुनको धज्जी उडाएको भन्दै घटनाको घोर भत्सर्ना गरेको छ।



    पछिल्लो समय बिकास निर्माण गर्नका लागि गठन हुने उपभोक्ता समिति छनोट गर्दा नेकपा र काङ्ग्रेसले एकलौटी गर्ने गरेको अन्य दलले आरोप लगाइ रहेका बेला उक्त सडक निर्माण उपभोक्ता समिती अध्यक्षमा नेकपा नेता पोष्ट कुमार कार्की र सचिवमा पनि नेकपाकै देव बस्नेत राखेपछी उत्पन्न विवादले आजको रुप लिएको काङ्ग्रेस युवा नेता शुभराम बस्नेतले बताए ।


    उनले आफुहरुले हातपात गरेको भन्ने उपाध्यक्षको भनाइमा कुनै सत्यता नभएको भन्दै आफुहरु लाई फसाउन खोजिएको स्पष्ट पारे । हामी कानुनको अधिनमा छौं कानुन मान्छौ तर कसैले शक्तिको दुरुपयोग गर्छ भने त्यो आफुहरु लाई मान्य नहुने स्पष्ट पारे। नेपाली काङ्ग्रेसले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै पालिकामा तालाबन्दी गरेको छ ।


    सत्तारुढ नेकपा सचिवालयको आकास्मिक बैठक अहिले बसि रहेको छ । नेकपाले घटनाको बिज्ञप्ति मार्फत बिरोध जनाउने जानकारी प्राप्त भएको छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…