नेपाली कांग्रेस पार्टीलाई दिएको मतलाई हेर्दा नेपाली कांग्रेसले हारेकै छैन । प्रधानमन्त्री बनिसकेका दुइटा ठूला दल नेकपा एमाले र माओवादी केन्द्र नेपाली जनमतसँग भयभित भएर एक अर्कासँग लम्पसार परी गठबन्धन गर्न पुग्दा नेपाली कांग्रेसभित्रको गुट–उपगुटलाई गठबन्धनले बढारेको यथार्थ हो ।
तर नेपाली कांग्रेसलाई गठबन्धनले कुनै असर गरेन, यो यथार्थलाई जनताले प्रमाणित गरेका छन् । वाम गठबन्धनमा रहेको एमाले र नेपाली कांग्रेसको समानुपातिक मत बराबर आउनुले यो तथ्यलाई पुष्टि गरेको छ ।
राजाको शासनकालमा भुरेटाकुरे राजा रजौटा जस्तै नेपाली कांग्रेसभित्र छोटे राजा धेरै थिए । उनीहरूको मात्रै पार्टी बन्यो, आसेपासे हुक्के बैठकेको हालिमुहाली रह्यो । इमान्दार, निष्ठावान, दुःख पाएका संघर्षशील कार्यकर्ताको तेजोबध गरियो । नवआगन्तुकको ठूलो स्वागत भयो । नेपाली कांग्रेसको नीति र सिद्धान्तका अनुयायी कमजोर बन्दै गए ।
नेपाली कांग्रेसमा पद र पैसाका लागि प्रवेश गर्नेको होडबाजी चल्यो । यनिहाउ सत्तामा जाउ भन्नेहरूको प्रभाव बढ्यो । इमान्दार नेता कार्यकर्ता ग्रासरुटमै रहे । चाकरी र चाप्लुसीले नेताजीहरू दिग्भ्रमित भए । उनीहरूले नेपाली कांग्रेसका असली सिपाही चिन्न सकेनन् ।
२००७ सालदेखि हालसम्मका आन्दोलन र सशस्त्र संघर्षमा सक्रिय नेता कार्यकर्ताको मूल्यांकन हुन सकेन । एमालेमा मूल्यांकनको सिस्टम बसिसकेको छ, तर नेपाली कांग्रेसमा त्यो पनि छैन । नेपाली कांग्रेसको भन्दा ठूलो गुटबन्दी एमालेमा पनि छ । त्यहाँको सिस्टम व्यवस्थित छ, हामीकहाँ छैन ।
हामीकहाँ संसदीय दल र पार्टी सभापतिमा हारिसकेपछि शेरबहादुरजी देउवालाई काम गर्न दिनुपर्ने, किन गुट चाहियो ? भागबन्डा गर्न शेरबहादुरलाई बाध्य पारियो । सबै भुरेटाकुरे बढारिए पनि पार्टी सभापति र महामन्त्रीले जितेकामा हामी खुसी हुनैपर्छ । महामन्त्री शशांक कोइरालाको अन्तर्वार्ता शालिन र वस्तुनिष्ठ छ । यो संयम र धैर्य गर्ने समय हो ।
सभापतिले कसैले राजीनामा भन्दैमा राजीनामा दिने र आरोप लगाउँदैमा प्रमाणित हुने हैन । कांग्रेस मासबेस पार्टी हो भनेर मात्रै पुग्दैन । केपी ओलीले चुनाव जितिसकेपछि माधव नेपालले कतै अवरोध गरेको देखिन्नथ्यो ।
हामीकहाँ संसदीय दल र पार्टी सभापतिमा हारिसकेपछि शेरबहादुरजी देउवालाई काम गर्न दिनुपर्ने, किन गुट चाहियो ? भागबन्डा गर्न शेरबहादुरलाई बाध्य पारियो । सबै भुरेटाकुरे बढारिए पनि पार्टी सभापति र महामन्त्रीले जितेकामा हामी खुसी हुनैपर्छ । महामन्त्री शशांक कोइरालाको अन्तर्वार्ता शालिन र वस्तुनिष्ठ छ । यो संयम र धैर्य गर्ने समय हो ।
सभापतिले कसैले राजीनामा भन्दैमा राजीनामा दिने र आरोप लगाउँदैमा प्रमाणित हुने हैन । केन्द्रीय समितिमा छलफल र समीक्षा हुनैपर्छ । विधि विधान मिचेर धेरै काम भएका छन् यो गलत हो । विधानले १४ जना भन्छ, भागबन्डाले २२ जना पुग्यो, यो गर्ने काम हो कि हैन ? यो भागबन्डा माग्नेले र गर्नेले बुझौं । बीपी कोइरालाले संसदीय बोर्ड, किसुनजीको संसदीय बोर्ड र गिरिजाप्रसाद कोइरालाको संसदीय बोर्ड देखेका तपाईंहरूले यो गर्ने काम हो र ?
हामीले अनेकौं त्रुटि गरेका छौं, करेक्सन गरौं । यो आक्रोश पोख्ने समय हैन । सभापतिको हात बलियो बनाउने र उचित सल्लाह दिने बेला हो । पहिलो संविधानसभामा माओवादीले बढारेकै हो । दोस्रोमा माओवादी तेस्रो बन्यो, कांग्रेस पहिलो । अब एमाले पहिलो, कांग्रेस दोस्रो ठूलो दल भएका छन् । माओवादी केन्द्र तेस्रो भएको छ ।
गठबन्धन मात्र हो, दल बनेकै छैन । भोलिको कुरा भोलि हुन्छ, नेपाली कांग्रेस एक्लै बनेको पार्टी हो, एक्लै बाँच्छ । प्रजातन्त्रका लागि जीवनभर लड्ने कार्यकर्ताको जमात छ ।
भोट र चुनाव के हो र ? सधैं उही सबै उही भनी नेताको अनुहार मन नपराई जनताले छाडेका छन् । पार्टी छाडेका छैनन् । यो नै कांग्रेसको वास्तविकता हो, आजलाई यति ।