• २४ माघ, काठमाडौं ।

    राष्ट्रियसभा सदस्य चुनाव ६ वटै प्रदेशमा जारी छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को डोटीमा निर्वाचन जारी छ /

    प्रदेश २ मा भने आठै जना सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

    ६ वटै प्रदेशमा बिहान १० बजेदेखि मतदान शुरु भएको र दिउँसो ३ बजे सकिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

    निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुनेछ । बिहीबारबाटै परिणाम आउन सुरु हुने र शुक्रबारभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने ढकालले बताए ।

    प्रदेश १ मा लिम्बुवान सांसदको बहिस्कार

    प्रदेश १ मा बुधबार बिहानैबाट मतदान सुरु भएको छ । एक सांसद रहेको संघीय लिम्बुवान मञ्चले भने मतदान नगर्ने जनाएको छ ।

    प्रदेश १ मा राष्ट्रिय सभाका ८ सांसदका लागि ९३ प्रदेशसभा र १३७ स्थानीय तहका २७४ समेत गरी ४११ जना जनप्रतिनिधिहरुले मतदान गरेका छन् ।

    प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ हुनेछ ।

    प्रदेश १ का कुल ९३ प्रदेश सांसदहरुमध्ये वामपन्थी दलहरुको ६७ मत छ भने कांग्रेसका २१ प्रदेश सांसद छन् । बाँकी ५ जना अन्य दलका छन् ।

     

    प्रदेश १ मा खुल्ला तर्फका केही सदस्यहरु निर्विरोध भइसकेका छन् ।

    आज ३ बजे सम्पन्न हुने प्रदेश १ को राष्ट्रियसभा चुनावमा दुई पक्षका उम्मेदवारहरु वीच मतदान भइरहेको छ ।

     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…