काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा मतदान चलिरहेको छ ।
प्रदेश नं २ मा भने आठवटै पदमा निर्विरोध निर्विचित भएपछि मतदान गर्नु परेन । बाँकी छ वटा प्रदेशमा मतदान शान्तिपूर्ण चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।
कूल ५६ सदस्यका लागि भएको मतदानमा २४ जना निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३२ सदस्य मतदानबाट छानिने छन् ।
निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।