काठमाडौँ : नेपालीहरु नेपाल भारत बिचको सिमा विवादले वषौँदेखि पिडीत छन् । हरेक पटक भारतले नेपाललाई सिमानाको विषयमा थिचोमीचिो गर्दै आएको छ ।
नेपालीहरुले सिमाको विषयमा आवाज उठाउँदा भारतीय पक्षले नेपालीहरुमाथि बल समेत प्रयोग गरेको उदाहरणहरु थुप्रै छन ।
तर पनि अहिलेसम्म सिमानाको विषयले टुङ्गो लाउन सकेको छैन । बरु सिमाना बारम्बार मिचिराखिएको छ ।
सन् १८८० नोभेम्बर १५ मा सीमामा पिलर गाड्ने सन्धि भयो । अनि नयाँ नेपालका रुपमा भित्रिएका स्थानमा सीमा पिलर गाडियो । जसलाई जंगे पिलर भनियो ।
सुरुमा जंगे पिलर लामो दुरीमा गाडियो । बीचमा सहायक तथा साधारण पिलर पनि गाडिएको थिएन । त्यही कारण सन् १८६० बाटै सीमा विवाद सुरु भयो ।
सन् १८६० बाट सुरु भएको सिमा अतिक्रमण र विवाद आजसम्म पनि उस्तै छ । हालसम्मका केही तथ्याङ्कहरुलाई हेर्ने हो भने नेपालमा राणा कालदेखि हालसम्म पनि बारम्बार भारतीय पक्षबाट नेपालको भूभाग अतिक्रमण भइरहेको छ ।
सिमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार राणाकालिन समयमा १४ हजार ५ सय १५ हेक्टर भूभाग मिचिएको थियो । त्यसपछि राजा महेन्द्रको प्रत्यक्ष शासन कालमा ३७ हजार हेक्टर जमिन अतिक्रमणमा परेको देखिन्छ ।
त्यसपछि तुलसी गिरी प्रधानमन्त्री हुँदा १५ हेक्टर जमिन मिचिएको थियो भने सुर्यबहादुर थापा पटकपटक प्रधानमन्त्री हुँदा ३ सय ९ हेक्टर जमिन अतिक्रमणमा परेको थियो ।
त्यसैगरी लोकेन्द्रबहादुर चन्द पटक पटक प्रधानमन्त्री हुँदा ३ सय ८९ हेक्टर जमिन मिचिएको थियो भने गिरिजाप्रसाद कोइरालाको पालामा १ हजार सय २ हेक्टर भूभागमा अतिक्रमण भएको थियो ।
त्यस्तै शेरबहादुर देउवा प्रधानमन्त्री ३ पटकसम्म प्रधानमन्त्री हुँदा ९७ हेक्टर र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा ५८ हेक्टर भूभाग मिचिएको थियो । त्यसवीचका सरकारका पालामा पनि धेरथोर नेपाली भुभागहरु अतिक्रमीत भइरहे तर पनि सिमा विवाद सुल्झाउने विषयमा कोहीपनि अग्रसर भएनन् ।
सन् २००७ सम्म नेपाल–भारत सीमामा निर्माण गरिएका ४ हजार ३ सय ६० पिलर निर्माण गरिएका थिए । त्यसमध्ये १५ सय हाराहारिको पल्लिरहरु गायब भैसकेका छन । कति गलत नियत राखी उखेलेर फ्याँकिए, कतिलाई खोलाले बगायो । जमिनमा भेटिने पिलरमध्ये धेरै पिल्लरहरु मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन् ।
यही क्रममा भारतमा भारतीय जनता पार्टीले स्पष्ट बहुमतसाथ सन् २०१४ मा सरकार बनाएपछि केही परिवर्तन ल्यायो । भाजपाको पार्टी सरकारमा आएपछि २३ वर्ष सम्म असरल्ल रहेको सिमा विवाद को विषयमा छलफल गर्ने प्रक्रिया केही अगाडी बढ्यो । परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोग बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकले सीमा विवाद सुल्झाउन नेपाल–भारत संयुक्त सीमा कार्यदल गठन गर्ने निर्णय गर्यो ।
जुन कार्यदल अनुसार नै अहिले सिमा स्तम्भ निर्माण गर्ने काम भयो । त्यसले झनै नेपाल भारत सिमा विवाद थपियो । अहिले सिमानामा सिमा स्तम्भ गाड्ने काम भइरहदा पहिले सिमा स्तम्भ भएको ठाउँमा स्तम्भ नगाडेर नेपाली भुमीमा गाड्न लागिएको छ जहाँ नेपालीहरुले पुस्तौँदेखि भोगचलन गर्दै आइरहेका छन र उनीहरुले नाममा लालपुर्जा समेत रहेको छ । तर उनहरुकै जग्गामा अहिले स्तम्भ गाड्ने काम भैरहेको छ । जुन निकै गलत भएको बताउँछन् जानकारहरु ।
जे जस्तो भएपनि नेपाल भरातको सिमा विवादको बारेमा भारतले पहिलेदेखि नै थिचोमिचो गर्दै आएको छ । जसका सिमाका मानिसहरुले पटकपटक उनीहरुको ज्यादती भोगिरहनु परेको छ ।
भारतका सबै जसो सरकारहरुले नेपालप्रति हेपाहा प्रवृत्तिलाई जारी राखेका थिए तर नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि विवाद सुल्झाउँन पहल शुरु भएको हो । तर सरकारले भने यसको विवाद सुल्झाउन कुनैपनि औपचारिक पहलहरु गरेको पाइदैन ।
हेर्नुस भिडियो :