उर्लावारी नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्दै आएको विकास पत्रकारिता पुरस्कार यस वर्ष मिलन के राउतलाई प्रदान गरिएको छ ।
उर्लावारीमा विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय राउतलाई आज पाचौं नगरसभामा २५ हजार पुरस्कार राशीको विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
यस्तै उर्लावारीका सक्रिय सञ्चारकर्मी किशोर श्रेष्ठलाई २० हजार राशीको सक्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।