यहाँ मान्छेहरुको अभाव छ
स्वच्छ पवित्र र उदार भवनाको ।
 
यहाँ ति मान्छेहरु को प्रसंशा बढी छ
भ्रष्ट घुसखोरी र दलालीहरुको ।।
 
प्रकृतिको सुन्दर संसार नेपालमा
खराव मान्छेहरुको बिगविगी बढी छ ।
 
विकास उन्नति र प्रगतिको सपना बुन्नेहरु भन्दा
देश डुबाउनेको लडीबडी छ
त्यसैले यहाँ मान्छेहरुको अभाव छ
स्वच्छ पवित्र र उदार भवनाको ।।
 
नेपाल आमा मान्छे खोजिरहेछिन्
पूर्व मेची र पश्चिम् महाकाली एउटै नेपाल बनाउन ।
 
तर यहाँ देश कहिले संघीयता
त कहिले संघीउता गर्दै टुक्र्याँउदैछन्
त्यसैले यहा मान्छेहरुको अभाव छ
स्वच्छ पवित्र र उदार भवनाको ।।
 
मनिस भारती 
पथरी शनिस्चरे ३ मोरङ
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                        