• २४ माघ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ मा एक महिलामाथि आगो लगाई हत्या प्रयास भएको छ ।घटना गएको शनिबार बिहान ९ बजे भएको हो । हजराको टाउकोभन्दा तलको ८५ प्रतिशत शरीरको भाग जलेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।क्षिरेश्वरनाथ नगरपालिका हार्सरकी २० वर्षीया हजरा खातुनलाई आफ्नै परिवारका सदस्यले जीउमा मट्टीतेल छर्केर आगो लगाएका हुन् ।





    शरीरको अधिकांश भाग जलेका कारण घाइते हजराको जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ । घरायसी विवादमा महिलामाथि आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न रहेको आशंकामा प्रहरीले हजराको श्रीमान रसिद राइनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक सिंहले बताए ।

    घरायसी विषयमा विवाद हुँदै आएको त्यही कारणले घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । हजराको नागरिकता बनाइदिने विषयमा विवाद भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

    हजराको माइती पक्षले छोरीले सम्बन्ध विच्छेद गर्न नमान्दा परिवारका सदस्यले मट्टीतेल छर्केर जलाउने प्रयास गरेको भन्दै पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका छन् ।



सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…