•  

    काठमाडौं – मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै, नेपालको पुर्वि तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

    बिहीबार मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ ।

    यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

    यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज साउन १५ गते (बिहिबार)

    दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

    आज राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

    साउन १६ गते (शुक्रबार)

    दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

    राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, प्रदेश ५, र प्रदेश १ का एक वा दुई स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

    माैसम पूर्वानुमान महाशाखाका अनुसार दुइ दिन देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २ र बागमती प्रदेश एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…