• काठमाडौँ । बुधबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएको छ। गएराति सार्वजनिक भएको मतपरिणामअनुसार वाम गठबन्धनले ३६ सिटमा जित निकालेको छ भने नेपाली काँग्रेसले १३ स्थानमा जित हाँसिल गरेको छ। जसमा एमालेको पक्षमा २५ सिट तथा माओवादी केन्द्रको पक्षमा ११ सिट रहेका छन्। त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाज फोरम र राजपा नेपालले दुइ दुइ सिट जितेका छन्।

    बुधबार २ नम्बर प्रदेश बाहेक अन्य ६ वटा प्रदेशमा एकसाथ मतदान भएको थियो। २ नम्बर प्रदेशमा सबै उम्मेद्वार निर्विरोध भएकाले निर्वाचनको आवश्यक नपरेको हो।

    यसअघि २४ जना निर्विरोध भएकाले बुधबार ३२ सदस्यका लागि ५२ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका थिए। संवैधानिक प्रावधान अनुसार प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था छ।  निर्वाचित हुने आठ सदस्यमध्ये महिला ३, दलित १, अपाङ्ग भएका व्यक्ति वा अल्पसंख्यक समुदायका एक र अन्य तीन जना हुनु पर्ने प्रावधान रहेको छ।

    कुन प्रदेशमा को विजयी ?
    प्रदेश १

    अन्य समूहतर्फ
    परशुराम मेघी गुरुङ (निर्विरोध), एमाले
    हरिचरण शिवाकोटी (निर्विरोध), एमाले
    रमेशजङ्ग रायमाझी (निर्विरोध), कांग्रेस
    महिलातर्फ
    नैनकला ओझा (निर्विरोध), एमाले
    विना पोखरेल (निर्विरोध), माओवादी केन्द्र
    सरिता प्रसाईं रायमाझी (निर्विरोध), कांग्रेस
    दलिततर्फ
    खेमराज नेपाली (निर्वाचित), एमाले
    अपाङ्ग/अल्पसंख्यकतर्फ
    अगमप्रसाद बान्तवा राई (निर्वाचित), एमाले

    प्रदेश २
    अन्य समूहतर्फ
    जीतेन्द्र देव (निर्विरोध), कांग्रेस
    रमेशप्रसाद यादव (निर्विरोध), राजपा
    सुमनराज प्याकुरेल (निर्विरोध), एमाले
    महिलातर्फ
    शशीकला दाहाल (निर्विरोध), माओवादी केन्द्र
    मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस
    प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल
    अल्पसंख्यक वा अपाङ्गतर्फ
    वृषेशचन्द्र लाल (निर्विरोध), राजपा
    दलिततर्फ
    रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल

    प्रदेश ३
    अन्य समूहमा
    बलराम प्रसाद बास्कोटा (निर्वाचित), एमाले
    राधेश्याम अधिकारी (निर्वाचित), कांग्रेस
    रामबहादुर थापा (निर्वाचित), माओवादी केन्द्र
    महिलातर्फ
    उदया शर्मा पौडेल (निर्वाचित), एमाले
    दिलकुमारी रावल थापा (निर्वाचित), एमाले
    धनकुमारी खतिवडा (निर्वाचित), कांग्रेस
    दलिततर्फ
    सिंहबहादुर विश्वकर्मा (निर्वाचित), एमाले
    अल्पसंख्यक वा अपाङ्गतातर्फ
    रामचन्द्र राई (निर्वाचित), एमाले

    प्रदेश ४
    अन्य समूहतर्फ
    गणेशप्रसाद तिमिल्सिना (निर्वाचित), एमाले
    दीनानाथ शर्मा (निर्वाचित), माओवादी केन्द्र
    सुरेन्द्रराज पाण्डे (निर्वाचित), कांग्रेस
    महिलातर्फ
    शान्तिकुमारी जिसी (निर्वाचित), एमाले
    दीपा गुरूङ (निर्वाचित), एमाले
    विन्दादेवी आले (निर्वाचित), कांग्रेस
    दलिततर्फ
    खिमकुमार विक (निर्वाचित),एमाले
    अल्पसंख्यक वा अपाङ्गतातर्फ
    प्रकाश पन्थ (निर्विरोध), कांग्रेस

    प्रदेश ५
    अन्य समूहतर्फ
    खिमलाल भट्टराई (निर्वाचित), एमाले
    चन्द्रबहादुर खड्का (निर्वाचित),मा‌ओवादी केन्द्र
    दुर्गाप्रसाद उपाध्याय (निर्वाचित), कांग्रेस
    महिलातर्फ
    अनिता देवकोटा (निर्विरोध), कांग्रेस
    कोमल वली (निर्विरोध), एमाले
    मिना बुढा (निर्विरोध), एमाले
    दलिततर्फ
    रामलखन चमार (निर्वाचित), एमाले
    अल्पसंख्यक वा अपाङ्गतातर्फ
    राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्र

    प्रदेश ६
    अन्य समूह
    मत गणना जारी

    महिलातर्फ
    कविता बोगटी (निर्वाचित), एमाले
    नन्दा शर्मा (निर्वाचित), एमाले
    युटुल लामा (निर्वाचित), माओवादी केन्द्र
    दलिततर्फ
    नरपति लोहार (निर्वाचित), एमाले
    अल्पसंख्यक वा अपाङ्गतातर्फ
    जीवन बुढा(निर्वाचित), माओवादी केन्द्र

    प्रदेश ७
    अन्य समूहतर्फ
    शेरबहादुर कुँवर (निर्विरोध), एमाले
    हरिराज चौधरी (निर्विरोध), माओवादी केन्द्र
    बद्री पाण्डे (निर्विरोध), कांग्रेस
    महिलातर्फ
    इन्दु कडरिया (निर्विरोध), एमाले
    कमलाकुमारी वली (निर्विरोध), एमाले
    तारादेवी भट्ट (निर्विरोध), कांग्रेस
    दलिततर्फ
    चक्र स्नेही (निर्वाचित), एमाले
    अल्पसंख्यक वा अपांगतातर्फ
    महेशकुमार महरा (निर्वाचित), माओवादी केन्द्र

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…