•  

    काठमाडौँ — नेपाली बजारमा सुनको भाउले लाख छुनै लागेको छ । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।
    बिहीबारको तुलनामा शुक्रबार चाँदीको भाउ भने घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको हो ।

    नेपाली बजारमा एक वर्षमै सुनको भाउ करिब ३४ हजारभन्दा बढीले बढेको छ । गत वर्षको साउन १२ गते नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कायम भएको थियो ।

     

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …